Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

मुक्तक :P


तिम्ले गर्दा माया प्रेम दुनियालाई वा वा भयो
तर मेरो चोखो माया सबैलाई जाबा भयो
राखेको छु आश तिम्रै बन्छु भन्छु दास तिम्रै
लाग्छ जीवन पिरतीमा तिम्रै लागि दाबा भयो 

मुक्तक

उपहारको उही तिम्रो तस्बिर देखेपछी
बोलु जस्तो लाग्छ अझै गम्भीर देखेपछी
देउरालीमा बसेको नि बिर्स्यौ होला तर
मलाई याद आउछ कसम मन्दिर देखेपछी

मुक्तक


दिनै भरि अझै याद आए हुन्छ मध्यराति
सपनीमा पनि मुहार देखाए हुन्छ मध्यराति
मुटुबिना बाचेर म आशाहरु साचेको छु
अझै लुट्न बाकि भए समाए हुन्छ  मध्यराति 

मुक्तक



जब हर शोषक माथि हमला हुनेछ
अनि सबै अन्याएको फैसला हुनेछ
यति बेर सम्पतिमा रजायौ देशकै
अब तिम्रो त्यो घरमै घोटला हुनेछ

मुक्तक

by Ramesh Prasad Aryal
फेसबुकमै प्रेम प्रस्ताब बढाउछन् कोहि फेरी 
च्याट गरेर दिन रात सताउछन् कोहि फेरी 

सुन चादी अब सस्तो नहोस भन्छु कैले पनि 
बिदेशमै फोन गरेर हटाउछन् कोहि फेरी 

मुक्तक


Ramesh Prasad Aryal 
आज फेरी प्रेमको प्रस्ताब आएको छ 
स्विकार गर भन्ने जवाफ आएको छ 
छाक टार्ने केहि मुट्टी चामल खोजिरहेछु
उपहारमा लौ हेर्नुहोस् गुलाव आएको छ 

मुक्तक



Ramesh Prasad Aryal 

लौ हेर्नुहोस् ढुंगासँग प्रार्थना गरिरहेछु
अचम्म छ आफ्नो आफै कामना गरिरहेछु
कस्ले बनायो यो मन्दिर यादै भएन
मुर्तिसंग केहि पाउने चाहना गरिरहेछु

मुक्तक


Ramesh Prasad Aryal 
सकेसम्म म बिर्सिने प्रयास गर्ने छौ
सँम्झे पनि फेरी भुल्ने अभ्यास  गर्ने छौ
पोल्छ मुटु कुनै दिन अतितको यादले
तब मेरो रातदिन तलास  गर्ने छौ

मुक्तक

by   Ramesh Prasad Aryal
मलाई दुख्दा उनै उता ठेस लागि लडे जस्तो 
साँच्चै हो कि मेरा सारा गज़लहरु पढे जस्तो 
पैले पैले चासै थिएन आज निकै सोधी खोजि 
शंका लाग्छ हिजैदेखि अल्ली माया बढे जस्तो

मुक्तक


आजै उनलाई फोन गरी संम्झाउनु छ भ्यालेन्टाईन
उनीसंगै चौध गते मनाउनु छ भ्यालेन्टाईन
गुलाब नै साँची राखी बाचा कसम् खाईनेछ
जिन्दगीकै यादगार बनाउनु छ भ्यालेन्टाईन

मुक्तक

Ramesh Prasad Aryal
हिजो पक्कै भोलि ईतिहास हुनेछ 
हेरन बर्तमान अबकास हुनेछ
एकाएक कर्तुत देखिदैछ अब 
अब पक्कै पापीको सर्बनास हुनेछ

मुक्तक

जनताको सेवामुखी सरकार होस र पो मजा
यी गरिब दुखि बाच्ने आधार होस र पो मजा
कि सुरक्षा दिनुपर्यो जनतालाई कि अधिकार
कि नेपालीका घरघरै हतियार होस र पो मजा

मुक्तक


☺☻☺
दोबाटोमा अस्ति कुम ठोकेर गई
हिजो देख्दा चाही ओठ टोकेर गई
किन लोभिई छिट्टै शंका त लाग्दै थ्योँ
आज भेट्दा लौन पर्स बोकेर गई

मुक्तक


Ramesh Aryal


पढाउने शिक्षकले बुझाएको हुनुपर्छ
नत्र चिट परिक्षामा लुकाएको हुनुपर्छ
कसरि पास भो १८ घण्टा लोडसेडिङ्गमा
कि त जून हर रात उदाएको हुनुपर्छ

मुक्तक

सिन्दुरले तिम्रो सिउदो भर्छु भन्दा पत्याईनौ
बसाई पनि तिम्रै नजिक सर्छु भन्दा पत्याईनौ
हेरुँला म जुन तारा कस्ले दिन्छ उपहार 
गुलाव दिई साँचो माया गर्छु भन्दा पत्याईनौ

मुक्तक


हे संम्पति कतिन्जेल तड्पाउछस् तैले मलाई
पक्कै भेट्छु पसिनामा खोज्दै छु म पर्खी तलाई
पैसा भए अघि पछी पछ्याउदै हिड्थेँ मान्छे
फकिर हुँ त्यसैले त चिहाउछन् ढोका लगाई

मुक्तक

यो दशैमा मासुको पो अभाव देखियो
जता ततै खसी काट्ने लगाब देखियो
दशा लाग्दा कतिलाई दशैँ भो कसैको
साच्चै भनौ मान्छे नै पो खराब देखियो

मुक्तक


यतिबेला यो आशुमा डुबेको छ मेरो कलम
साच्चै भनौ के हो काम भुलेको छ मेरो कलम
अन्याय र कुरीतिको बिरुद्दमा बोल्छु भन्थ्यो
आफै आँशु अत्याचारको पुछेको छ मेरो कलम

मुक्तक


ठुस्स ठुस्स गन्हाउने जाड़ नखाउ है भंदिया छु नि 
जाड़ खाए साँझ घर नाआऊ है भंदिया छु नि
भट्टी वाली त्यो मोरीले तिम्लाई आखा लाउछे अरे
मलाई छाडी भट्टी तिर नजाउ है भंदिया छु है

मुक्तक

यो बर्खा नि उर्लिएको बाढी देखियो
चपेटामा चितवनको माडी देखियो
यो देशका भोका नाङ्गा कस्ले हेर्ने

नेता साबको फेरिएको गाडी देखियो