थिचोमिचोको असहिय त्यो मारामार किन रु दोहोरिन्छ गल्ति यहाँ बारम्बार किन रु
नीति नियम सिकाउने पाठशाला खै त रु थपिदै छन झन धेरै कारागार किन रु
लघुकथा
बर्तमान...
म स्नातक उपाधी हासिल गरेपछी नोकरीको खोजीमा थिए । जसको लागि नयाँ जोस जाँगरका साथ गएको हप्ता ४ वटा कार्यालयमा खुलेको बिज्ञापनमा अन्तर्वार्ता दिने तयारीमा जुटे । जुन अन्तर्वार्तामा सोधिएको प्रश्नको सार यस्तो थियो ।
१ नं कार्यालय : तपाइ जनयुद्धको समयमा कहाँ हुनुहुन्थ्यो ? हाम्रो पथको दर्शन कस्तो लाग्छ ? पार्टीको सदस्यता लिनु भएको छ ? हाम्रो पार्टीलाई कति चन्दा दिन सक्नु हुन्छ ? २ नं कार्यालय : तपाईंको यस कार्यालयमा काम गर्ने कोही हुनुहुन्छ ? तपाइ सँग कुनै सिफारिस छ ? तपाइ प्रजातान्त्रिक बिचारधाराको हो ? लगत्तै आउंदै गरेको जिल्ला अधिवेशनको लागि कति सहयोग दिन सक्नु हुन्छ ? ३ नं कार्यालय : तपाइ क र ख मध्ये कुन नेताप्रती तपाईंको झुकाव छ ? कुन कमरेड ले पठाएर आउनु भएको ? विद्यार्थी हुँदा कुन सङठनमा आवध्द हुनुहुन्थ्यो? पार्टीको नियम पुराएर अन्तर्वार्ता दिन आउनु भएको हो ? ४ नं कार्यालय : तपाईंको घर कहाँ हो ? हिन्दी भाषा लेख्न र बोल्न आउँछ ? जागिर पाएमा नजराना कति चढाउनु हुन्छ ? तराइमा गएर काम गर्ने बिचार छ की छैन? दुतावासको सिफारिस छ ?
अवाक भै कुनैको पनि नतिजा प्रकाशित गरेको हेर्न गइन र म जस्तो नेपालीको लागि थिएन त्यो पद ।
त्यसैले अर्को हप्ता हिजो दिएको अन्तर्वार्तामा सफल भै साउदीमा काम गर्न जांदैछु । तपाइ पनि जाने हो की ?
मेरो नेपाल २०६९/०१/१२ www.nepalisaili.blogspot.com
लघुकथा
बर्तमान
दलहरूबिच संबिधान बनाउन को लागि तोकिएको समय २ वर्ष सकिन्छ । पटक पटक गरि अर्को २ वर्ष थपिन्छ । शान्ति सुब्यवस्था खल्बलिन थाल्छ , अराजकता ब्याप्त हुन्छ , जाती जाती बिच् द्वन्द चर्किन थाल्छ , क्षेत्रियता र संघियता को लागि चर्को नारा लाग्न थाल्छ । यस्तै किसिमले देशमा राजनितिक अस्थिरता भैरहेको हुँदा संबिधान बनाउने समय घर्किंदै गैरहेको थियो । अझै दलहरू बिच संबिधान निर्माणमा खासै चासो दिएको देखिएको थिएन ।झनै संबिधानको लागि सत्ताको बार्गेनिङ गर्न थालेका थिए । जनताहरू राजनितिक दल र नेताहरूको बोलिचाली देखेर आजित हुन्छन् । जेष्ठ १४ गते पछि के हुन्छ बनेर जनतामा भय निराशा डरको भुमरी मडारी रहेको हुन्छ ।
चिन्ताग्रस्त भै म एक टेलिभिजन बाट आयोजित वार्तालाप कार्यक्रम् मा उपस्थित हुन पुग्दछु । म जस्तै थुप्रै दलका कर्यकर्ताले भरिएको जमात होकि भन्ने लाग्यो मलाई त्यो वार्तलाप । सबैको प्रश्नको उत्तर आशिन नेताहरूले मानौ रेडिमेड ( बनावटि) प्रश्नको उत्तर जसरी फटाफट हौसिएर दिइरहेका थिए । मैले आफ्नो हात माथी ऊठाए, मलाइ बोल्ने अनुमति दिइयो । मैले सोधे, नेता ज्यु ! संबिधान बन्छ की बन्दैन? नबने जेष्ठ १४ गते पछि के हुन्छ ?
नेता ज्यू को उत्तर यस्तो थियो , किन आत्तिनु हुन्छ जेष्ठ १४ गते पछि जेष्ठ १५ आउँछ । संबिधान नबने जहिले हाम्रो दलको नेत्रित्वमा सरकार हुन्छ त्यहिले बन्छ ।
म भने मैले दुई कक्षामा पढेको महिना गते र बार बारे बिर्सें छू की भन्दै आफैलाई मनमनै गाली गर्दै आफ्नो गन्तब्य तीर लागे ।
मेरो नेपाल २०६९/०१/२६ www.nepalisaili.blospot.com
Postraj Chapagain
छन्द परिचय ( छन्द सिक्न चाहनेहरूका लागि मात्र ....! खास गरी हालसालै निर्माण गरिएका नया-नयाँ छन्दहरू....!!)
छन्द-छन्दमा वर्णहरूलाई ह्रस्व (l) र दीर्घ (S) गरी दुई वर्गमा विभाजन गरिएको हुन्छ ...(l) लाई लघु भनिछ भने (S) लाई गुरु भनिछ, जस्तै -क. ह्रस्व वर्णहरु - अ इ उ ऋ स्वर र तिनीहरुसँग जोडिएका सबै क कि कु कृ व्यन्जनहरूख. दीर्घ वर्णहरू - आ ई ऊ ए ऐ ओ औ अम् अ: स्वर र तिनीहरूसँग जोडिएर आउने का की कू के कै को कौ कम् क: आदिग. संयुक्त व्यन्जन प्रयोग भएका शब्दहरू उच्चारण गर्दा यदि अघिल्ला वर्णले पछिल्ला आधा व्यन्जनलाई तान्यो भने त्यो अघोल्लो वर्ण ह्रस्व भए पनि दीर्घ नै हुन्छ ....जस्तै -शब्द उच्चारण दीर्घ वर्णअम्बा अम् +बा अदिन्छ दिन् +छ किलुप्त लुप् + त लु
घ. संयुक्त व्यन्जनको प्रयोग भएका शब्दमा पनि उच्चारण गर्दा यदि अघिल्लो वर्णले पछिलो आधा व्यन्जनलाई तान्न सकेन भने चाहिं त्यो वर्ण दीर्घ नभएर ह्रस्व नै हुन्छ .....जस्तै
ङ. "अन्याय" जस्ता शब्दको उच्चारणमा न थप भएका कारण दीर्घ नै मानिन्छनघ. पाउका अन्त्यमा ह्रस्व दीर्घ जे भए पनि हुन्छ .....जस्तै - अनि उही
छन्दमा आठवटा गणहरू हुन्छन...तिनै गणका आधारमा सम्पूर्ण छन्दको निर्माण हुने गर्दछ, छन्दका बारेमा पिंगलले रचना गरेको सजिलो सूत्र छ ...त्यो हो - यमाताराजभानसलगाअर्थात् -सूत्र संकेत गण उदाहरण१. यमाता lSS या जमाना२. मातारा SSS म नेपाली३. ताराज SSl त आकाश४. राजभा SlS र भावना५. जभान lSl ज हजार६. भानस Sll भ आँगन७. नसल lll न कमल८. सलागा llS स छहरा९. ल l (लघु) - म१०. गा S (गुरु) - यो
अब यिनै सूत्र वा नियम भित्र तल मैले (हामीले ) निर्माण गरेका छन्दहरू पनि पर्छन ! दिइएका सूत्रहरू हेरी अब यहाँ आफैले पनि चाहेको छन्दमा आफ्ना कविता वा गजलहरू कोर्न सक्नु हुन्छ .... जस्तै -
राम्री बनेर हिड्छौ बसौली पसलमा !काँचो कबाब बिक्ने जमाना छ ऐले ...छन्द - वातूलSSl SlS SlS SlS Sत र र र गु( ७ अक्षरमा विश्राम )
बगैंचामा वसन्त थ्यो, कुरा काटे मयूरले लजायो लाज 'राज'को हटाए हात सुस्तरी...छन्द - कुस्तुम्बरीlSS SlS lSl SSS lSl S य र ज म ज गु ( ८ अक्षरमा विश्राम, ४ र १२ मा अर्ध विश्राम )
राम्रो के हो र हुन्छ कस्तो ? कुन रङको छ त्यो म कसरी व्याख्यान त्यस्को गरूँ लोलाईमै त्रिलोक जम्मै सयर गराउने नजर थ्यो, त्यस्मा थियो के नशा...छन्द - मेघनादानुलासिन्SSS SlS lSS lll lSl Sll lSS SlS SlS (८ र २० अक्षरमा विश्राम)
पारी छ तिन्को माया वारी परेको छ छायाँ बीचमा असारे खोला, गढ़तीरमै अल्झिएँ म...छन्द - हिमावती SSl SSS SSS lSS lSSत म म य य (७ अक्षरमा विश्राम)
म त राजको नि 'राज' हुँ म हजूर भा नि भन्दिन...छन्द - अभयाllS lSl SiSस ज र ( ५ मा विश्राम )
म त राजको नि 'राज' हुँ म हजूर भा नि भन्दिन...छन्द - अभयाllS lSl SiSस ज र ( ५ मा विश्राम )
जस्ले लास बोक्छु भन्थ्यो, उस्कै लास याँ छ आफ्नै लास बोक्छ मान्छे, जप्दै राम राम...छन्द - आमिक्षा SSS lSl SSS SSl S S म ज म त गु गु ( ८ अक्षरमा विश्राम )
यौटा 'राज' छोड्ने त्यो सर्पै थिएँ कि मेरै काँचुलीमा मेरै दाह भेटें...छन्द - चन्द्रभागा SSS lSS SSS lSS म य म य(६ अक्षरमा विश्राम )
आफ्नो देश भन्दै पुग्थ्यो किन कोही ?झ्याम्मै 'राज' धा'थ्यो रुप्से छहरामा...छन्द - मत्तकासिनी SSS lSS SSl lSS म य त स ( ६ अक्षरमा विश्राम )
छन्द - यार्सागुम्बाSSS SlS lSS SSS lSl S(८ अक्षरमा विश्राम )बाजी यस्तो कमाल थ्यो, यार्सागुम्बा थियो जहाँ...जित्ने कस्ले सवाल थ्यो, यार्सागुम्बा थियो जहाँ...
छन्द - विन्देश्वरीlSS SSS SSl SSS SSS S( आठ अक्षरमा विश्राम)उनी देख्दा दोबाटोमै ढलेको थें झन्डैझन्डै...बिहोशीमै माया गर्छु भनेको थें झन्डैझन्डै...
छन्द - राजllS lSS llS lSS(६ अक्षरमा विश्राम)अभिशाप जस्तो सपना छ यौटै...बरबाद भा'को घटना छ यौटै...
अब यी छन्दहरू मध्ये कुनै एक चुनी लेख्न सुरु गर्नुस् त ......पहिला यौटा लेखेर हेर्नुस् अनि म अगाडि अरु कुराहरू पनि क्रमश गर्दै गर्दै जाने छु ......( यो यहाँलाई गृहकार्य )
प्रकृतिको थियो संग्राम पर्खाल नाग्नु कसोगरी ? खोजे भाग्न सकिन खै अब भाग्नु कसोगरी ? थाहा थियो एकै छिनमा उजाडीन्छ मेरो बस्ति यी हातले उजाड़ने त्यो तुफान छेक्नु कसोगरी
पिर ब्यथा जिन्दगीका लुकेजस्तो लागेको छ
दु:ख पोख्ने आँशु सबै सुकेजस्तो लागेको छ
उन्मुक्तीको भुमरिमा कतिन्जेल अल्झिनु खै
जिन्दगीको बाटो बल्ल फुकेजस्तो लागेको छ