मुक्तक


आफै फस्ने खाल्टो अब म आफैले खन्दीन भो
तिमीसंग कुरा गरि आफै कार्टुन बन्दिन भो
आउ भन्दा जान्छु उता अटेरीलाई के लाग्छ र
मनोमानी गर तिमी अब केहि भन्दिन भो

गज़ल




तिमी बिना सुन्य लाग्ने शहर संगै रोएँ
सम्झनका मिठा मिठा लहर संगै रोएँ
-
दिन कट्थे जसो तसो साँझ हुन्थ्योँ गाह्रो
झस्किने ती हर रातका प्रहर संगै रोएँ
-
मिर्मिरेमै शुरु हुन्थ्यो दर्द् पूर्ण कथा
झाङ्गिएका जिन्दगीका रहरसँगै रोएँ
-
अन्तिम् ईच्छा लेख्नु थियो चिट्ठी भित्र गजल
नसक्दा पो गजलको बहर संगै रोएँ 
-
उराठ लाग्यो यो धर्तिमा त्यसैले पो बाँच्न
मर्नु अघि एकै छिन जहर संगै रोएँ
------------------------------------------------
स्थाई घर -अर्जुन चौपारी ४ 
स्याङ्जाली रमेश
हाल -मरुभुमीको छाती बाट....

गज़ल


पौरखीं भै खेत रोपौ खोरिया त्यो फाड्दै जाऔं
मल हुन्छ झारपात त्यही हिलोमा गाड्दै जाऔं
-
राम्रो बाली पक्कै हुन्छ बिज राम्रो रोपे देखि
हर्लक्कको बिज रोपी सानो तिनो झाट्दै जाऔं
-
दिन दिनै पानी हाल्दै सकेजती गोड्मेल गरौ
किरा लाग्ला होस गरि सक्दो बालि छाट्दै जाऔं
-
राम्रो सँग पाकेपछी बाली काट्नु मौसम् हेरी
फल्छ धान लहलह नहल्लाई काट्दै जाऔं
-
केही दिन सुक्नु पर्छ नआत्तिउ है कुन्यु लगाई
दँदेराले दाई हाली धाँन सबै माड्दै जाऔं
-
भाकारी त्यो टम्म छोपी मुसा देखि जोगाउनु है
योसाललाई अन्न पुग्छ खुशी अब बाड्दै जाऔं
-
     © 
स्थाई घर अर्जुनचौपारी ४
हाल मरुभुमीको छाती बाट  
  स्याङ्जाली रमेश 

गज़ल


                
सारा दिन तिम्रै बाटो पर्खिएर रोएँ 
आईनौ त साँझ झनै चर्किएर रोएँ
-
अनिदोमै गल्यो रात तिमी बिना मेरो
बिछ्यौनामा यता उता फर्किएर रोएँ
-
झनै साह्रो गड्यो नशा यो मुटुमा तिम्रै
आफ्नै मुटु संग आफै झर्किएर रोएँ
-
मिर्मिरेमै झुल्क्यो घाम बल्झिदै थ्योँ याद
आफ्नै छाँया संग फेरी तर्किएर रोएँ
-
स्याङ्जाली रमेश
स्थाई घर अर्जुनचौपारी
हाल मरुभूमिको छाती बाट

मुक्तक


चल्दैछ बिहानी बिस्तारै बिस्तारै 
छल्दैछ सिरानी बिस्तारै बिस्तारै
होसमा जोस राख्नुहोस सबैले
ढल्दैछ जवानी बिस्तारै बिस्तारै

मुक्तक


दोबाटोमा कैले काही पर्खे हुन्थ्यो कि त
बसौ संगै अल्ली उता तर्के हुन्थ्यो कि त
नजिक आई लजाए झैँ गर्छौ सधै किन
बोले हुन्थ्यो राम्रै संग झर्के हुन्थ्यो कि त

मुक्तक



चल्दै छ बिहानी बिस्तारै बिस्तारै
छल्दै छ निसानी बिस्तारै बिस्तारै
होसमा जोस राख्नुहोस सबैले
ढल्दै छ जवानी बिस्तारै बिस्तारै

मुक्तक


दोबाटोमा कैलेकाही पर्खे हुन्थ्यो कि त
भेटिईदा नबोलेरै तर्के हुन्थ्यो कि त
नजिक आई लजाए झैँ गर्छौ सधै किन
बोले हुन्थ्यो राम्रैसंग झर्के हुन्थ्यो कि त

मुक्तक


सान्नानिको रात अनौठो
सुन्तलीको बात अनौठो
→
कसैलाई बिर्सिन्न म
सबैको त्यो साथ अनौठो

मुक्तक

झुटो बोलेर बात बेचियो आफ्नै दाहिने हात बेचियोकलियुग हो जे पनि हुन्छदिउसै यहाँ रात बेचियो