गजल


सहयात्री टाडा भए मूल्यहिन भाउ हुँदा
आशु पुछ्ने तर्किरहे मुटुभित्र घाउ हुँदा
*
धेरै धेरै नजिकिए काट्छ भन्ने थाहै थियो
तिम्रो गल्ती,नजिकियौ धारिलो म दाउ हुँदा
*
सपनाले कोल्टे फेर्दा बस्ती मेरो उजाडियो
सबै स्वार्थी दुनिँया त्यो तिम्रो आफ्नो गाउँ हुँदा
*
रहरहरू भ्रुणभित्रै मरिरहे तिम्रै कारण
सिध्याईदिउ जस्तो लाग्छ जिन्दगी यो झ्याउ हुँदा
*
ढुक्क छु म तिम्ले जस्तै धोका दिने छैनन् अब
साहित्यमा छुट्टै मेरो "स्याङ्जाली" यो नाउँ हुँदा
*

गजल


हाम्रो प्यारो मातृभूमि देशको निम्ति जुटौ अब
उन्नती र प्रगतिको बाटो खोजी उठौँ अब
.
महीना बर्ष थप्दै दिन जागीर आफ्नै् बचाउने ती
बुडां खाडा शोसकहरु खोजी खोजी चूटौ अब
.
झुपडींका पापी नै थे हेर्दा हेर्दै महल् सरे
युवा हामी महल खोसी सारा झिटी लुटौ अब
.
बर्षौसम्म कुराइसके अब यिनको आशै छैन
एकतामा प्रवास छोडी देशकै लागि छुटौ अब
.
बिचरा ती तड्पिएका दुखी मन्का आत्मा सम्झि
आफ्नो भन्दा उन्को पि़डा ठुलो मानी खुटौ अब
.

गजल


माया गर्दा कस्तो होला जान्न पाएँ आहा
प्रेमीकालाई नजर् बाण हान्न पाएँ आहा
.
बिहे गरी धुंम्धामले बनाएर स्वास्नी
चाडपर्ब ससुराली मान्न पाएँ आहा
.
उन्को लामो केश राशी आफै भरी छर्दै
समाई चुल्ठो जिस्काएर तान्न पाएँ आहा
.
कैले काही रीसाउदा मेरै हौ नी भन्दै
अंन्गालोमा यी हातले बान्न पाएँ आहा
.
सयौ जूनी संगै बाच्ने कसम् खाई दुबै
उन्को मालिक आफैलाई ठान्न पाएँ आहा
.
सन्ततीले डाडा काँडा ढाकुन भन्थे् पुर्खा
बर्सै बिच्छे जन्माई रीती धान्न पाएँ आहा
.

गीत


स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट