Postraj Chapagain
छन्द परिचय ( छन्द सिक्न चाहनेहरूका लागि मात्र ....! खास गरी हालसालै निर्माण गरिएका नया-नयाँ छन्दहरू....!!)
छन्द-छन्दमा वर्णहरूलाई ह्रस्व (l) र दीर्घ (S) गरी दुई वर्गमा विभाजन गरिएको हुन्छ ...(l) लाई लघु भनिछ भने (S) लाई गुरु भनिछ, जस्तै -क. ह्रस्व वर्णहरु - अ इ उ ऋ स्वर र तिनीहरुसँग जोडिएका सबै क कि कु कृ व्यन्जनहरूख. दीर्घ वर्णहरू - आ ई ऊ ए ऐ ओ औ अम् अ: स्वर र तिनीहरूसँग जोडिएर आउने का की कू के कै को कौ कम् क: आदिग. संयुक्त व्यन्जन प्रयोग भएका शब्दहरू उच्चारण गर्दा यदि अघिल्ला वर्णले पछिल्ला आधा व्यन्जनलाई तान्यो भने त्यो अघोल्लो वर्ण ह्रस्व भए पनि दीर्घ नै हुन्छ ....जस्तै -शब्द उच्चारण दीर्घ वर्णअम्बा अम् +बा अदिन्छ दिन् +छ किलुप्त लुप् + त लु
घ. संयुक्त व्यन्जनको प्रयोग भएका शब्दमा पनि उच्चारण गर्दा यदि अघिल्लो वर्णले पछिलो आधा व्यन्जनलाई तान्न सकेन भने चाहिं त्यो वर्ण दीर्घ नभएर ह्रस्व नै हुन्छ .....जस्तै
शब्द उच्चारण ह्रस्व हुनेगन्यो ग + न्यो गबल्यो ब + ल्यो बउज्यालो उ + ज्यालो उ
ङ. "अन्याय" जस्ता शब्दको उच्चारणमा न थप भएका कारण दीर्घ नै मानिन्छनघ. पाउका अन्त्यमा ह्रस्व दीर्घ जे भए पनि हुन्छ .....जस्तै - अनि उही
छन्दमा आठवटा गणहरू हुन्छन...तिनै गणका आधारमा सम्पूर्ण छन्दको निर्माण हुने गर्दछ, छन्दका बारेमा पिंगलले रचना गरेको सजिलो सूत्र छ ...त्यो हो - यमाताराजभानसलगाअर्थात् -सूत्र संकेत गण उदाहरण१. यमाता lSS या जमाना२. मातारा SSS म नेपाली३. ताराज SSl त आकाश४. राजभा SlS र भावना५. जभान lSl ज हजार६. भानस Sll भ आँगन७. नसल lll न कमल८. सलागा llS स छहरा९. ल l (लघु) - म१०. गा S (गुरु) - यो
अब यिनै सूत्र वा नियम भित्र तल मैले (हामीले ) निर्माण गरेका छन्दहरू पनि पर्छन ! दिइएका सूत्रहरू हेरी अब यहाँ आफैले पनि चाहेको छन्दमा आफ्ना कविता वा गजलहरू कोर्न सक्नु हुन्छ .... जस्तै -
राम्री बनेर हिड्छौ बसौली पसलमा !काँचो कबाब बिक्ने जमाना छ ऐले ...छन्द - वातूलSSl SlS SlS SlS Sत र र र गु( ७ अक्षरमा विश्राम )
बगैंचामा वसन्त थ्यो, कुरा काटे मयूरले लजायो लाज 'राज'को हटाए हात सुस्तरी...छन्द - कुस्तुम्बरीlSS SlS lSl SSS lSl S य र ज म ज गु ( ८ अक्षरमा विश्राम, ४ र १२ मा अर्ध विश्राम )
राम्रो के हो र हुन्छ कस्तो ? कुन रङको छ त्यो म कसरी व्याख्यान त्यस्को गरूँ लोलाईमै त्रिलोक जम्मै सयर गराउने नजर थ्यो, त्यस्मा थियो के नशा...छन्द - मेघनादानुलासिन्SSS SlS lSS lll lSl Sll lSS SlS SlS (८ र २० अक्षरमा विश्राम)
पारी छ तिन्को माया वारी परेको छ छायाँ बीचमा असारे खोला, गढ़तीरमै अल्झिएँ म...छन्द - हिमावती SSl SSS SSS lSS lSSत म म य य (७ अक्षरमा विश्राम)
म त राजको नि 'राज' हुँ म हजूर भा नि भन्दिन...छन्द - अभयाllS lSl SiSस ज र ( ५ मा विश्राम )
म त राजको नि 'राज' हुँ म हजूर भा नि भन्दिन...छन्द - अभयाllS lSl SiSस ज र ( ५ मा विश्राम )
जस्ले लास बोक्छु भन्थ्यो, उस्कै लास याँ छ आफ्नै लास बोक्छ मान्छे, जप्दै राम राम...छन्द - आमिक्षा SSS lSl SSS SSl S S म ज म त गु गु ( ८ अक्षरमा विश्राम )
यौटा 'राज' छोड्ने त्यो सर्पै थिएँ कि मेरै काँचुलीमा मेरै दाह भेटें...छन्द - चन्द्रभागा SSS lSS SSS lSS म य म य(६ अक्षरमा विश्राम )
आफ्नो देश भन्दै पुग्थ्यो किन कोही ?झ्याम्मै 'राज' धा'थ्यो रुप्से छहरामा...छन्द - मत्तकासिनी SSS lSS SSl lSS म य त स ( ६ अक्षरमा विश्राम )
नयनले शीत देख्यो चमक अर्थियो...पयरले टिप्न खोज्यो झमक अर्थियो...छन्द - झमक lll SSl SSl llS lS (८ अक्षरमा विश्राम, ४ अक्षरमा अर्ध विश्राम )
शिलाको जवानी काँचै हरायो...जवानी थुनेको साँचै हरायो...छन्द - विपन्चीlSS lSS SSl SSय य त गु.गु.(६ मा विश्राम, ३ र ८ मा अर्ध विश्राम )
नउठाइ लौरी कुनै बाघ टेर्ला ?सजिलै नभाग्ने भयो राजनीति...छन्द - भुजंगाननllS lSS lSS lSSस य य य (६ अक्षरमा विश्राम,३ र ९ मा अर्ध विश्राम )
नियतीको मारमा छु...म दुखेको प्यारमा छु..छन्द -तिलपर्णीllS SSl SS(४ अक्षरमा विश्राम )
खोजेको थें सानो आभास मेरै आकृतीमा...भेटें मैले मेरो आकाश मेरै आकृतीमा...छन्द - काल्चीमिस्रीSSS SSS SSS SSl SSम म म त गु.गु.(४-४ अक्षरमा विश्राम)
वसन्त मास थ्यो...हुरी बतास थ्यो...छन्द - सवर्तिकाlSl SlS(२ अक्षरमा विश्राम )
उनी थिन् त्याँ ...बित्यो छिन् त्याँ...छन्द - अवाक्पुष्पीlSS S(२ अक्षरमा विश्राम )
दिलमा झिलिक्क त्यो उनको पुकार थ्यो...बिजुली थिएन त्याँ ! हँसिलो मुहार थ्यो...छन्द - अभिसारिकाllS lSl Sll SlS lS(७ अक्षरमा विश्राम)
हुन्छ भने पास हौ छुन्छु बरीलै...हुन्न भने दूर हौ रुन्छु बरीलै...छन्द - मुचुङ्गाSll SSl SSl lSSभ त त य(७ अक्षरमा विश्राम)
छन्द - जवाकस्तूरीlSS SSl SSS S(५ अक्षरमा विश्राम )सलाई आफैं बनाएँ मैले...मलाई आफैं जलाएँ मैले...
छन्द - मधुरसाlll Sll lSl lSl Sन भ ज ज गु(४-४ अक्षरमा विश्राम)नयनमा नजर थ्यो अरु के भनौं...अधरमा असर थ्यो अरु के भनौं...
छन्द - सीमन्तिनीSSl SSS SlS Sत म र गु(५ अक्षरमा विश्राम)आमा पकाए बोक्सी बनाई...बाँटेर खाए बोक्सी बनाई...
छन्द - जानकीSlS lSS SlS lSS( ३ र ९ मा अर्ध विश्राम र ६ मा विश्राम )राजको जवानी राजमा नि राख्नेराजले छकाई लाटलूट पारे...
छन्द - शमाश्रीlll lll SSl lSS lSS( ८ अक्षरमा विश्राम )नयन छिन पखालें दिल टाँसेर फोटो...अनि मुसुमुसु हाँसें दिल टाँसेर फोटो...
छन्द - यार्सागुम्बाSSS SlS lSS SSS lSl S(८ अक्षरमा विश्राम )बाजी यस्तो कमाल थ्यो, यार्सागुम्बा थियो जहाँ...जित्ने कस्ले सवाल थ्यो, यार्सागुम्बा थियो जहाँ...
छन्द - विन्देश्वरीlSS SSS SSl SSS SSS S( आठ अक्षरमा विश्राम)उनी देख्दा दोबाटोमै ढलेको थें झन्डैझन्डै...बिहोशीमै माया गर्छु भनेको थें झन्डैझन्डै...
छन्द - राजllS lSS llS lSS(६ अक्षरमा विश्राम)अभिशाप जस्तो सपना छ यौटै...बरबाद भा'को घटना छ यौटै...
अब यी छन्दहरू मध्ये कुनै एक चुनी लेख्न सुरु गर्नुस् त ......पहिला यौटा लेखेर हेर्नुस् अनि म अगाडि अरु कुराहरू पनि क्रमश गर्दै गर्दै जाने छु ......( यो यहाँलाई गृहकार्य )