गज़ल

यो धर्तिमा यौटै मात्र ,नाता हुन् मेरा बा
मेरो जीवनको अमुल्य ,दाता हुन् मेरा बा
-
शताब्दी नै भोगिसके अनेकौ छ अनुभब
ईतिहासको जिउदो ,पाता हुन् मेरा बा
-
के सकौला खै तिर्न म ,हेरन ममता
आफू रुँझ्दै मलाई ओत्ने ,छाता हुन् मेरा बा
-
उनीसँगको समिप्यता ,सक्दिन म तोड्न
जिन्दगीको परिधिमा ,हाता हुन् मेरा बा
-
©
स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट