लघुकथा
बर्तमान
दलहरूबिच संबिधान बनाउन को लागि तोकिएको समय २ वर्ष सकिन्छ । पटक पटक गरि अर्को २ वर्ष थपिन्छ । शान्ति सुब्यवस्था खल्बलिन थाल्छ , अराजकता ब्याप्त हुन्छ , जाती जाती बिच् द्वन्द चर्किन थाल्छ , क्षेत्रियता र संघियता को लागि चर्को नारा लाग्न थाल्छ । यस्तै किसिमले देशमा राजनितिक अस्थिरता भैरहेको हुँदा संबिधान बनाउने समय घर्किंदै गैरहेको थियो । अझै दलहरू बिच संबिधान निर्माणमा खासै चासो दिएको देखिएको थिएन ।झनै संबिधानको लागि सत्ताको बार्गेनिङ गर्न थालेका थिए । जनताहरू राजनितिक दल र नेताहरूको बोलिचाली देखेर आजित हुन्छन् । जेष्ठ १४ गते पछि के हुन्छ बनेर जनतामा भय निराशा डरको भुमरी मडारी रहेको हुन्छ ।
चिन्ताग्रस्त भै म एक टेलिभिजन बाट आयोजित वार्तालाप कार्यक्रम् मा उपस्थित हुन पुग्दछु । म जस्तै थुप्रै दलका कर्यकर्ताले भरिएको जमात होकि भन्ने लाग्यो मलाई त्यो वार्तलाप । सबैको प्रश्नको उत्तर आशिन नेताहरूले मानौ रेडिमेड ( बनावटि) प्रश्नको उत्तर जसरी फटाफट हौसिएर दिइरहेका थिए । मैले आफ्नो हात माथी ऊठाए, मलाइ बोल्ने अनुमति दिइयो । मैले सोधे, नेता ज्यु ! संबिधान बन्छ की बन्दैन? नबने जेष्ठ १४ गते पछि के हुन्छ ?
नेता ज्यू को उत्तर यस्तो थियो , किन आत्तिनु हुन्छ जेष्ठ १४ गते पछि जेष्ठ १५ आउँछ । संबिधान नबने जहिले हाम्रो दलको नेत्रित्वमा सरकार हुन्छ त्यहिले बन्छ ।
म भने मैले दुई कक्षामा पढेको महिना गते र बार बारे बिर्सें छू की भन्दै आफैलाई मनमनै गाली गर्दै आफ्नो गन्तब्य तीर लागे ।
मेरो नेपाल
२०६९/०१/२६
www.nepalisaili.blospot.com