मुक्तक हरु

१☻☻मुक्तक☻☻

प्रेमको छिट्टै म जवाफ दिदैछु
अचम्मले तिमीलाई तनाब दिदैछु

पर्खेर त हेर केहि दिन तिमीले
उपहारमा नक्कली गुलाब दिदैछु


मनुस्यमा असह्यि यो मारामार किन रु
दोहोराईन्छ गल्ति यहाँ बारम्बार किन रु

निती नियम सिकाउने पाठशाला खै त रु
थपिदै छन् झन् धेरै पो कारागार किन रु



घाम डुब्यो हेर हेर अध्यारो छ चारैतिर
झिलिमिली बत्ति आहा क्या प्यारो छ चारैतिर

दिन भन्दा किन किन रातै राम्रो लाग्छ अचेल
ज्युँन दिन्मा रात भन्दा झन् गारो छ चारैतिर

द्ध

स्कुल पढ्दा साथी भाई लडाउदै ठिक्क भयो
कलेज पढ्दा प्रेम प्रस्ताब बढाउदै ठिक्क भयो

ठुलो भएँ त्यसैले पो सोच्न थाले देशको निम्ति
अचेल टायर सडकमा डढाउदै ठिक्क भयो



मेरो खुँन तिमी खेल्ने रातो यौटा रङ्ग भयो
माया साँच्ने योमुटु त तिम्लाई जाबो अङ्ग भयो

दिक्क लाग्छ तिमी सम्झि के बाँच्नु खै अब यहाँ
तिमी लाई माया गर्ने न त मेरो ढङ्ग भयो



उ भन्दै छ मेरो महल ठडिनुपर्छ
म भन्दै छु भोको पेट भरिनु पर्छ

मान्छे सबै बराबरी रहोस् मान्यता
गरिबको लागि अब कै गरिनुपर्छ

स्यन्ग्जली रमेश