गज़ल


छहराको चिसो मिठो पानी  छ नि पोखरामा
मिर्मिरेमै हिमाल हेर्ने बानी छ नि पोखरामा

मुनाल त्यो मस्किदै छे गर्जिदै छन् बाघ भालु
सरक्षण गर्ने बन रानी छ नि पोखरामा

सराङ्गकोट भन्दा मजा छागो हेर्दै गुफा पस्न
प्राकृतिक सम्पदाको खानी  छ नि पोखरामा

बेगनास त्यो पोखरामै रम्दा झनै फेवा आहा १
ज्यान टाढा यो आखाँको नानी छ नि पोखारामा
रमेश