गज़ल

मिलेका ती सरिताका दात मन पर्‍यो
सुकोमल कबिताका हात मन पर्‍यो

बोली मिठो रंजनाको बानि देख्दा सिता
लट्ठाउने बबिताको बात मन पर्‍यो

लेक बेसी मेलापात संगै हिडछे रिना
मायालु त्यो सबिताको साथ मन पर्‍यो

दैनिक धाई मन्दिरमा धर्म गर्छे मैना
बाहुनी त्यो रमिताको जात मन पर्‍यो

दिउँसो भेट्न नाई भन्छे छि छि बिना कस्ती
राति भेट्दा पबिताको रात मन पर्‍यो

रमाईलोको लागि लेख्या कसैको नामसंग मेल खायमा संयोग मात्र हुनेछ
स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट