पस्चाताप बिहानीमा ढल्नु रात ढलिसक्यो
छैन बाँकी एकैरातमा जल्नु आत जलिसक्यो
-
अन्जानमै फसेछु म पिरतीको भुमरीमा
कतै ठिक कतै बेठिक चल्नु बात चलिसक्यो
-
देख्ने हरु ठान्दैनन् कि बिछोडमा कस्तो हुन्छ
फुलै आज पथ्थर लाग्दा गल्नु हात गलि सक्यो
-
हुन सक्ने भयो सबै छैन चिन्ता होला केहि
यौटै थियो लक्ष उस्को छल्नु साथ छलिसक्यो
-
©
स्याङ्जाली रमेश