जिन्दगीमा अब म निसाफ खोज्दै छु
नाफा की नोक्सान हिसाब खोज्दै छू
धड्किदैछ मुटु अनायासै मेरो
छातीमा अलिकति दबाब खोज्दै छू
ह्र्दयको घाउ बन्दै छ बिकराल
मेरो जस्तै सबको तनाब खोज्दै छू
गाह्रो भो जिउन खोज्दै छू उपाय
युग नै बदल्ने सराब खोज्दै छू
के भोग्नै पर्छ र मैले नै तमासा रु
म आफैले आफैमा जवाफ खोज्दै छू