गज़ल

☻☻☻☻☻गज़ल ☻☻☻☻☻

जिन्दगीले आफै सँग ढाटे पछि लेखेँ गजल
आफ्नै छाती भित्रै देखी फाटे पछि लेखेँ गजल

भोक प्यास हराउदा निन्द्रा ले नि दिएन साथ
छट्पटिदै रुदै रात काटे पछि लेखेँ गजल

हासी खुशी यो धर्तीमा यो मन नै झिल्मिलाउने
स्वपना सारा दुस्ख सँग साटे पछि लेखेँ गजल

इस्ट मित्र बिरानो भै छुट्दा साथ छरछीमेकी
भाग्य ले नि प्रबासमा छाटे पछि लेखेँ गजल

जीवन देखि दिक्क मान्दै परिराुछ जसै जिउन
सम्हालिन टुट्या आशा बाटे पछि लेखेँ गजल

☻☻१☻☻

©

स्याङ्जाली रमेश

मरुभुमीको छाती बाट