मुक्तक

जाउला नि पर्ख हतार नगरछुट्टिईहाल्ने बिचार नगरधेरै छ यहाँ सिक्नु र सिकाउनुपर्दैन मलाई भो प्यार नगर

मुक्तक

मुक्तक 
लौ आज गज़ल फुरेन भन्देउ
कि लेख्ने साईत जुरेन भन्देउ
यो मुक्तक छाडी हुदैछु बिदा 
गफ गर्ने उन्लाई कुरेन भन्देउ

मुक्तक


लौ आज गज़ल फुरेन भन्देउ
कि लेख्ने साईत जुरेन भन्देउ
यो मुक्तक छाडी हुदैछु बिदा 
गफ गर्ने उन्लाई कुरेन भन्देउ

मुक्तक


खुसि हुदै हँसाउनु त्यो खास जिन्दगि हो
जुना तारा जस्तै स्वच्छ आकास जिन्दगि हो
फक्रेको फुल चुड्न यहाँ खासै गाह्रो देख्दिन म
फुल साची काँडा भाच्नु मिठास जिन्दगि हो

→→→→→→→गज़ल←←←←←←←



दुःख पीडा दर्शन गर्दै जीवनरोटी बेल्दै आएँ !
संसारमञ्च नाटककारकै इशारामा खेल्दै आएँ !!

हिँड्दा हिँड्दै गोडेटो यो टुङ्गिए झैँ लाग्दा पनि !
एक्लो यात्रा थाकेँ तर बलैसँग ठेल्दै आएँ !!

जमाना नै खराब भयो ईमान्दार देखु कहाँ ?
चिन्दा चिन्दै सबका सामु आफूलाई हेल्दै आएँ !!

जिउनै पर्ने रैछ यहाँ मरिजान सकिएन !
बेरङ्गी यो जिन्दगीलाई जसोतसो रेल्दै आएँ !!

छोडी जादा कसैले त मर्नुभन्दा जिउन गाह्रो !
जिन्दगीमा आएजति बाधाअडचन पेल्दै आएँ !!

Copyright ©
स्याङ्जाली रमेश
स्थाई घर अर्जुन चौपारी 
हाल मरुभुमीको छाती बाट

मुक्तक


  1. अभागी त्यो फुल बरै काँडा देखि हार्या रैछ
    त्यसैले पो काँडासंग फूलले माया मार्या रैछ
    काँडा बाटै तप्प चुँयो सोचे काँडा रोयो कि त
    काँडाले त शितको नि खुशी लुटी झार्या रैछ

मुक्तक


  1. पक्कै उस्को भोको पेट अघाएको हुनुपर्छ
    शंका लाग्छ केहि प्याक लगाएको हुनुपर्छ
    खैला बैला मच्चिदै छ भट्टीतिर देखिरा'छु
    भट्टीवाली कान्छी लाई सताएको हुनुपर्छ

मुक्तक


मोटर बाईक चलाउने होसियार हुनुपर्छ
ट्राफिकहरु पनि यहाँ ईमान्दार हुनुपर्छ
दुर्घटना जताततै भाको देख्छु गल्लि गल्लि
बाटो गतिलो बनाउने सरकार हुनुपर्छ
☺☻☺

मुक्तक


जनताहरू अब यहाँ होसियार हुनुपर्छ
कुनै एउटा ईमान्दार सरकार हुनुपर्छ
खैलाबैला हुनेनै भो भेदभाब गरेपछी
सबैलाई बराबर अधिकार हुनुपर्छ

मुक्तक


मोटर बाईक चलाउदा होसियार हुनुपर्छ
ट्राफिकहरु पनि यहाँ ईमान्दार हुनुपर्छ
ठोकठाक अलिअलि हुने नैभो गल्लिहरुमा
बाटो गतिलो बनाउने सरकार हुनुपर्छ

muktak

तिम्ले जस्तै झुटो गफ छाट्न जानिएन
सेतो जति दुधै भनि ढाट्न जानिएन
भेद भाब बिरुदैमा लाग्ने मान्छे म त
सोझा साझा फस्ने जाल बाट्न जानिएन

मुक्तक


के भनुँ मा सम्झाऊँन गार्हो भयो शिकारीलाई
मर भनुँ को बाँच भनु सार्हो भयो सिकारीलाई
हत्या बिना बाच्न खोज्नु मुर्खता हो उस्को यहाँ
अरु मारी आफु बाच्ने चारो भयो शिकारीलाई

मुक्तक

कामै कामको लठारो भो अब असार लागेपछि 
खेत रोप्ने चटारो भो अब असार लागेपछि 
बर्खा भरि दु;ख गर्यो बाढीसंगै रहर बग्दा
जिन्दगी नै झटारो भो अब आसार लागेपछि