मुक्तक

Ramesh Prasad Aryal
हिजो पक्कै भोलि ईतिहास हुनेछ 
हेरन बर्तमान अबकास हुनेछ
एकाएक कर्तुत देखिदैछ अब 
अब पक्कै पापीको सर्बनास हुनेछ
गज़ल by
Ramesh Aryal

फुर्सद् हो या हतारमा छाती भरी देश दुख्छ
प्रदेशीको मुहारमा छाति भरि देश दुख्छ

आफ्नै पाखा पखेरिले कुर्दै होला रात दिन
म रहे'नी बजारमा छाति भरि देश दुख्छ

म जन्मेको मातृभूमि नचाहेरै छाड्नु पर्यो
के लेख्यो खै निधारमा छाति भरि देश दुख्छ

देश हाँसे गर्ब गर्छु बिस्वसामु गोर्खाली भै
यस्तै सोच बिचारमा छाती भारी देश दुख्छ

भन्न सक्छन् भन्नेहरु बिर्स्यो देश रमेशले
जहा रहु संसारमा छाति भरि देश दुख्छ
..
रमेश अर्याल(स्याङ्जालि रमेश)

गज़ल

गज़ल 
Ramesh Aryal

सुख दु:ख के रैछ त ?जान्नुपर्छ साथि अब

खुशी भर्ने जे हो उही तान्नुपर्छ साथि अब

कति बस्ने रुँदै मात्र खुसाएर कैले काही
हाँस्ने रीत संसारको धान्नुपर्छ साथि अब

हाँसो आँशु दुई पाटा यता ढल्छ कैले उता
आफ्नै भाग सर्बश्रेय मान्नपर्छ साथि अब

बियोगको पिंडा बल्झीं च्वाँस्स मुटु घोँच्दा कैले
छुट्नलाई मेल भा'थ्यो ठान्नुपर्छ साथी अब

कैलेकाही ठेसलाग्दा दुँख्ने मन आफ्नै त हो
जसो तसो धैर्यताले बाध्नुपर्छ साथी अब

गज़ल

गज़ल 
Ramesh Aryal

पैसा खोज्दा मान्छे मान्छे हानाहान हुन्छ अचेल

आफै मात्र अघि बढ्न तानातान हुन्छ अचेल

आफू बाँच्न पाए भैगो अरुको त के को चासो
मानबता खल्लो पार्ने पहीचान हुन्छ अचेल

खानु पिउनु बिष भा'छ नखाएरै बाँच्ने को त ?
हावामा नी मिसावट जानाजान हुन्छ अचेल

दोषीलाई खै त आज कठ्घरामा उभ्याएको ?
उसैको नै सम्मान माथी अभिमान हुन्छ अचेल

शुभ कामको सुरुवात आफै बाट गर्ने को त ?
गर्नेलाई थोपरी दोष भनाभन हुन्छ अचेल

गज़ल

......गज़ल 
Ramesh Aryal

घाऊ किन हुनु पर्‍यो पिडा आफै चोट भा'छ

चोखो मनमा घात पर्दा नमेटिने खोट भा'छ

बाध्यतामै प्रबासियो बालुवामा जिन्दगी यो 
खडेरीमा पानि बिना सुकेजस्तो बोट भा'छ

ठाउ छैन खुशीलाई पोल्टो भर्दा दु:खले नै
भेटे खुशी थर्थराउने आज भोलि ओठ भा'छ

अन्न सड्यो नबोल्ने को बोल्दा पिठो बिकेर नै
आफ्नै नाउको प्रचार गर्ने एले यहाँ होड भा'छ

पानी छैन बत्ति छैन न त भेटे सुख शान्ति
काठमाण्डौको मेरो बस्ती दुर्गमको भोट भा'छ

(स्याङ्जालि रमेश)

मुक्तक

जनताको सेवामुखी सरकार होस र पो मजा
यी गरिब दुखि बाच्ने आधार होस र पो मजा
कि सुरक्षा दिनुपर्यो जनतालाई कि अधिकार
कि नेपालीका घरघरै हतियार होस र पो मजा