मुक्तक

by Ramesh Prasad Aryal
फेसबुकमै प्रेम प्रस्ताब बढाउछन् कोहि फेरी 
च्याट गरेर दिन रात सताउछन् कोहि फेरी 

सुन चादी अब सस्तो नहोस भन्छु कैले पनि 
बिदेशमै फोन गरेर हटाउछन् कोहि फेरी 

गज़ल



कोहि भन्छ यो गाउमा धेरै थोकको अभाब छ
कसम् सुन्छु झुटो भए यी गीताको किताब छ

बिहे गर्दा जुँन भन्दा राम्री मेरी प्रिया भन्थे
पिए पछी राम्री छैनस् श्रीमानको जवाफ छ

पिरतिको परिभाषा तपाई नै दिनुहोस !
यौटा हातमा गुलाव त अर्को हातमा सराब छ

चोकचोक् बाट भट्टीहरु हटाईनु पर्छ अब
रक्सीले नै कयौ यहाँ घरबारमा तनाब छ

स्वागत् गर्थे सरकारलाई मेरो दैलो टेकीदिँऊन्
यो घर धान देश् चलाउछु मेरो यौटै प्रस्ताब छ