गजल


ठुलो चाड आयो भन्छन् मलाई खुशी खासै छैन
यो दशैं'नि प्रबास तीर मान्न उती चासै छैन

आशिषमा रमाउने नभाको मन् कहाँ हो र ?
बिदेशमा अल्झिनाले स्वदेशमा बासै छैन

मिठो खाई राम्रो लाउने परदेशमा स्वप्ना मेरो
कामै कामले ब्यस्त हुँदा टन्न खाने गाँसै छैन

तड्पिरा'को विदेशमा म मात्र त कहाँ हो र?
साथी संगी कसैको'नि मुहारमा हाँसै छैन

सम्हालेर मनलाई चित्त बुझाउँ भने पनि
जमरा त कठै बरा यो भूमिमा घासै छैन

मुग्लान पस्या परारै हो बाध्यताको भुमरीले
रुदै गए दशैंहरू आउदो साल नि आसै छैन
स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट

गजल


घरबारी बन्धकी भो सार्‍यो साहुले आफ्नै नाउँमा
फर्की जाउ यहाँ बाट टेक्ने ठाउ छैन गाउँमा

मेरै बाटो हेर्दै कती रुँदै होलीन मेरी आमा
म त यहाँ पर्देशमा धन कमाउने झुटो दाउमा

सम्झनामा भक्कानिदै एक्लै तड्पी के गर्नु र
झर्दा आँशु पुछिदिने छैन हजुर यो ठाउँमा

साईत सार्दा नआत्तिनु दुखीको दिन आउछ भन्थेउ
ब्याज माथी स्याज थपी पक्कै तिर्छु त्यो साउमा

एैले बर्खा जेनतेन अर्मपर्म चलाउनु
यो दशैमा पक्कै आउछु ठेस नलागे यी पाऊँमा

स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट

गजल


जिन्दगी यो चिन्दै छु म डुब्न लाग्या घाम रैछ
सुख भन्दा दु:ख धेरै झेल्ने यस्को काम रैछ

यता जाउ ठेस लाग्छ उता हेरुँ मुटु दुखी
तड्पाईमै खुशी हुन लाग्नु पर्ने लाम रैछ

भित्र के छ ? थाहा छैन खोल्दा रुन पर्छ भन्दै
नखोलेरै फालीईने बेबारिसे खाम रैछ

हासो खुशी देख्दिन म दर्दले नै जितीरा'छ
देखावटी जीन्दगी त बनावटी नाम रैछ

ईच्छा आशा मरेपनी श्वासले ठाउँ नछोडेर
बाध्यता मै चलाईदिने धर्ति एउटा ठाम रैछ
 स्याङ्जाली रमेश

-गजल जस्तै-----जीवन देखि हार भएँ

भाग्यले नै धोका दियो जीवन देखि हार भएँ
धोकेबाज दुनियामा बाँच्न यस्कै सार भएँ

गुलाबको फूलसरी हाँसीखुशी जिउन खोज्दा,
ब्यर्थ भयो काँडा बीच लत्रिएको झार भएँ

धुन मिठो सारङ्गीको उसकै नाम जपे जस्तै,
बाध्यतामा रगडिने खिइएको तार भएँ

स्वच्छ बिचार शुद्ध बुद्धी यो धर्तीलाई झेल भई
यिनकै अघि लाग्नु पर्ने कस्तो छेकबार भएँ

दुई दिनको जिन्दगीलाई हाँसीखुशी पार लाउन
नसकेर लाग्छ म त यो धर्तीको भार भएँ


स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट



असारे गीत


लेक र बेँसी असारे भाका घन्किदाँ रमाए
 छट्पटी भयो झरौ की भनि कोदाली समाए
-
त्यो रातो माटो थ्यो चिप्लो बाटो देखेर झर्किन्थे
आउँदै थे सङी पाटिमा ओत लागेर तर्किन्थे
काधँमा हलो जुवा नी साथ हातमा कोदाली
उर्लेको खोला तर्नै थ्यो पर्ने यो मुटु कमाए
-
असारे भाका घन्किदा बेसीं लेकमा रमाए
छट्पटी भयो झरौ की भनि कोदाली समाए
-
सुन्तली सँग मज्जाले खेले त्यो हीलो खेतमा
बस्यो नी माया नजर जुधी पहीलो भेट्मा
त्यो दिन पुरै जिस्क्यौ नी हामि सम्योग ठानेर
जिन्दगी मेरो हाक्ने नै जिम्मा उनैलाई थमाए
-
असारे भाका घन्किदा बेसीं लेकमा रमाए
छट्पटी भयो झरौ की भनि कोदाली समाए

गजल

के सक्छौ गर्न देखाउ गरी टुटेको छातीमा
जिएंको म त भाग्यले बांची चुटेको छातीमा
-
सकेको लग्यौ के हेर्छौ अब छोड्यौ नी पुगेर
रजाई मेरै हुन्छ नी अब छुटेको छातीमा
-
खुसीमा रम्ने भाग्यौ नी तिमी दर्दले सताई
मज्जाले जम्छु पिडांले म त भुटेको छातीमा
-
सुखमा भएँ दुख्थेनी म नी तड्पेर तिमी झै
बज्रनै हाने केही हुन्न एैले फुटको छातीमा
-
अर्काको खुशी देखेर पैले गर्यौ नी शिकार
रोएको तिमी देख्दै'छु एैले लुटेको छातीमा
-
--------------------------------------------
-
मरुभुमीको छाती बाट
स्याङ्जाली रमेश