गजल


जिन्दगी यो चिन्दै छु म डुब्न लाग्या घाम रैछ
सुख भन्दा दु:ख धेरै झेल्ने यस्को काम रैछ

यता जाउ ठेस लाग्छ उता हेरुँ मुटु दुखी
तड्पाईमै खुशी हुन लाग्नु पर्ने लाम रैछ

भित्र के छ ? थाहा छैन खोल्दा रुन पर्छ भन्दै
नखोलेरै फालीईने बेबारिसे खाम रैछ

हासो खुशी देख्दिन म दर्दले नै जितीरा'छ
देखावटी जीन्दगी त बनावटी नाम रैछ

ईच्छा आशा मरेपनी श्वासले ठाउँ नछोडेर
बाध्यता मै चलाईदिने धर्ति एउटा ठाम रैछ
 स्याङ्जाली रमेश