गीतको परिभाषा-


गीतको परिभाषा- महादेव अधिकारी

            गीतको परिभाषा

             गीत तत्सम शब्द हो।जसको निर्माण 'गै' धातुमा 'क्त' प्रत्यय लागेर भएको छ। अंग्रेजीमा लिरिक र सङ्ग प्रचलित छन्। मानव मात्र नभइ सम्पूर्ण प्राणीहरूका पीडा,वेदना र खुशीहरूलाई अनुभूति गर्न सक्ने मानव मस्तिष्कको ऐना र कोमल हृदयको परिचायत्मक; स्वर र संगीत दिन मिल्ने शब्दहरू नै गीत हुन्।
-महादेव अधिकारी

गीत समग्र जिन्दगी र जिन्दगी नै गीत हो।
- क्षेत्रप्रताप अधिकारी

संगीतसंग स्वरको सामाञ्जस्य वा गाइँने शब्दहरूको लयबद्ध अभिव्यक्तिलाई गीत भनिन्छ।
-Encyclopedia . Acerican



गाउनको लागि रचना गरिएका छन्दमा रचित कविता विशेषलाई गीत भनिन्छ।
-josrph T . Shipley

गीत संक्षिप्त आयामले युक्त त्यस्तो विधा हो जुन संवेग, कल्पना र आत्मपरकताले युक्त हुन्छ।
- wilfred . Guerenetal

गीत कोमल अनुभूतिका लयात्मक लहर हुन्।
- कृष्णप्रसाद पराजुली

मनको कोमल भावना गीत हुन्छ गीत भनेको स्वर हो प्रति ध्वनी हो।
- कालीप्रसाद रिजाल

जीवनका तितामीठा अनुभूतिका सरल गेयात्मक अभिव्यक्ति गीत हो।
- गोपाल योञ्जन

गीत बैशालु क्षणको अलाप होइन वैशालु मुटुको आवाज हो।
- किरण खरेल

जिन्दगीका सुखदु:खका विर्सना नस्कने पलहरूलाई शब्द, संगीत र स्वरका माध्यमबाट हृदयस्पर्सी रूपमा प्रकट गरिएको रचना नै गीत हो।
- तारा देवी

शाब्दीक सरलता, मार्मीक कलाकारीता झल्केको हृदयको स्पन्दन देखी निस्किएको भाव नै गीत हो।
- अम्बर गुरूङ

मनमा जव एग वेगवान अनुभवको उदय हुन्छ तब कवि त्यसलाई गीति काव्यमा प्रकाशीत नगरी रहन सक्दैन।
- रविन्द्रनाथ टैगोर

सामान्यतया गीत सीमाभन्दा तिब्र सुख दुखात्मक अनुभूतिको त्यो स्वरूप हो जुन आफ्नो ध्वन्यात्मकता द्वारा गेय हुन सकोस।
- महादेवी बर्मा

गीतका तत्वबरू
१) भाव
२) कल्पना
३) संगीत (क) लय संगीत (ख) ध्वनी संगीत
४) बिम्ब/प्रतिक
५) मानवीकरण
६) भाषा
७) दृष्टि विन्दु

                यसको नियम भनेको कविता लेख्दा लागु हुने छन्द रस अलङ्कार हरूनै हुन् सबै गीत कविता नै हो तर सबै कविता चाही गीत होइनन्।यो लयका आधारमा बग्छ। बिभिन्न शास्त्रिय छन्ददेखी लोक छन्द र मुक्त छन्दका हुन्छन्। लोक छन्दमा साधारण नियम भएपनि ह्रस्वदीर्घ जुन अछर भएपनि हुन्छ भन्दा र गाउँदा मिल्नुपर्छ। तिनमा एक दुई अक्षरको घटबढ हुँदा पनि हुन्छ त्यसमा लयका आधारमा विश्राम हुँदै जान्छ।
जस्तै:-
- रात पनि निदाउँछ मेरो नयनमा
नयाँ दिन उदाउँछ मेरो वदनमा
बतासमा हराउँदै गए पनि पर
स्वर्गजस्तो नेपाल हो मेरो माइती घर

- किरण खरेल

यो ४+४+६=१४ को सवाई छन्द हो तर अन्तिम लाइन १५ अक्षरको छ।

                                                          : सङ्कलक- महादेव अधिकारी