''घोचो''

कम्पुटर छ साथ आफ्नै
जति लेखौ हात आफ्नै
-
दिन लुट्यो कसैले याँ
के को चिन्ता रात आफ्नै
-
जति लेखौ हात आफ्नै
के को चिन्ता रात आफ्नै

मुक्तक


ठुस्स ठुस्स गन्हाउने जाड़ नखाउ है भंदिया छु नि 
जाड़ खाए साँझ घर नाआऊ है भंदिया छु नि
भट्टी वाली त्यो मोरीले तिम्लाई आखा लाउछे अरे
मलाई छाडी भट्टी तिर नजाउ है भंदिया छु है

मुक्तक

यो बर्खा नि उर्लिएको बाढी देखियो
चपेटामा चितवनको माडी देखियो
यो देशका भोका नाङ्गा कस्ले हेर्ने

नेता साबको फेरिएको गाडी देखियो

मुक्तक


माफ गर अब देखि काली भन्दिन ल !!
आफ्नै मान्छे तिमीलाई साली भन्दिन ल !
जे जे भन सहिदिन्छु तिमी मेरै भयौ !
साँच्चै हो क्या सत्य सत्य गाली भन्दिन ल !!

जानकारी


  • गजलका सोह्र श्रृंगार

    गजल, नामैले रसीलो, गम्किलो र मीठो शव्द । गजलमा रदिफ, काफिया, लय, तखल्लुस, मीटर भाव आदि गजलका अंगहुन्, यि सवै भएका गजल एक नवयुवती झैं हुन्छ तर के यहि मात्रै हो त गजल ? पक्कै होईन । आउनुहोस्, पंक्तिकारले जानेका, बुझेका र गूरु तथा अग्रजहरुको मधुवाणीबाट ग्रहण गरेका केहि कुराहरु माथी छलफल गरौं ।
    निम्न लिखित कुराहरुले गजललाई सुन्दर बनाउछ :
    १. भाषाको सरलता :व्यक्त गर्न खोजिएको भावलाई सहि तरिकाले प्रस्तुत गर्न सक्ने भाषा या शव्दको प्रयोग गजलको पहिलो श्रृंगार हो । सरलतासंग गहिरो भाव छाड्न सफल भएमा मात्र सेरको अस्तीत्व दिगो रहन्छ । उदाहरण :
    जब खहरे मत्थर हुन्छ
    बाटोमा नयाँ पत्थर हुन्छ
    दिपक खड्का
    क्रमश........

मुक्तक

छुट्टै अनौठो कहानी छ उस्को
क्या मस्त मस्त जवानी छ उस्को
दुनियाँ सारा लोभिंएकै देख्छु
त्यो हेर्ने नजरै बैमानी छ उस्को
©

छन्दमा गज़ल कसरि लेख्ने


गज़ल्मा छन्द सिक्न चाहनेहरुलाई केहि जानकारी 
छन्द-



छन्दमा वर्णहरूलाई ह्रस्व (L) र दीर्घ (S) गरी दुई वर्गमा विभाजन गरिएको हुन्छ ...(L) लाई लघु भनिछ भने (S) लाई गुरु भनिछ, जस्तै -

क. ह्रस्व वर्णहरु - अ इ उ ऋ स्वर र तिनीहरुसँग जोडिएका सबै क कि कु कृ व्यन्जनहरू
ख. दीर्घ वर्णहरू - आ ई ऊ ए ऐ ओ औ अम् अ: स्वर र तिनीहरूसँग जोडिएर आउने का की कू के कै को कौ कम् क: आदि
ग. संयुक्त व्यन्जन प्रयोग भएका शब्दहरू उच्चारण गर्दा यदि अघिल्ला वर्णले पछिल्ला आधा व्यन्जनलाई तान्यो भने त्यो अघोल्लो वर्ण ह्रस्व भए पनि दीर्घ नै हुन्छ ....जस्तै -
शब्द उच्चारण दीर्घ वर्ण
अम्बा (अम् +बा)...अ दीर्ध
दिन्छ (दिन् +छ)....कि दीर्घ
लुप्त (लुप् + त)....लु दीर्घ

घ. संयुक्त व्यन्जनको प्रयोग भएका शब्दमा पनि उच्चारण गर्दा यदि अघिल्लो वर्णले पछिलो आधा व्यन्जनलाई तान्न सकेन भने चाहिं त्यो वर्ण दीर्घ नभएर ह्रस्व नै हुन्छ .....जस्तै