गज़ल

बर्बादी झैँ यो नशाको लगाब कैले काही
छुट्टै मजा केहि प्याला सराब कैले काही
क्षण भरमै यादहरु नासिऊन र पो
लिन्छु नशा जब हुन्छ तनाब कैले काही
जून तारा धर्ती आकाश खासै नौलो हैन
पीडा हुन्छ जब तिम्रो अभाब कैले काही
जिन्दगीको परिभाषा फुल भन्छन् कोहि
पथ्थर देख्छु मन दुख्दा गुलाव कैले काही
''प्रसादै'' थ्यो रक्सि र पो पिएँ अलिकति
फर्कौछन बेबारिसे जवाफ कैले काही

गज़ल


कोहि भन्छ यो गाउमा धेरै थोकको अभाब छ 
कसम् भन्छ झुटो भए यी गीताको किताब छ 

पिरतिको परिभाषा तपाई नै दिनुहोस 
यौटा हातमा गुलाव छ अर्को हातमा सराब छ 

चोकचोक् बाट भट्टीहरु हटाईनु पर्छ अब
रक्सीले नै धेरै यहाँ घरबारमा तनाब  छ

बिहे गर्दा जुँन भन्दा राम्री मेरी प्रिया भन्थे
पिए पछी राम्री छैनस् श्रीमानको जवाफ छ 

मेरो दैलो टेकुँन न सरकारले स्वागत् गर्थे
देश् चलाउछु मेरो घर धान भन्ने प्रस्ताब छ

गज़ल


Ramesh Prasad Aryal 


जिन्दगीलाई समयले फकाएरै छाड्ने भयो 
फेरी अर्को नयाँ बर्ष बोलाएरै छाड्ने भयो 

कति टालौ पुरानो घर घाम पानि परे उस्तै 
नयाँ पात्रो थोत्रो भित्तो रंगाएरै छाड्ने भयो 

जिन्दगीका पल सबै स्वणिर्म झैँ लाग्नु पर्ने 
पोहोर खुसि एेले भने रुवाएरै छाड्ने भयो 

बालापन खोज्छु कैले फेरी चित्त नबुझे झैँ 
यो घडीले आफुसंगै दौडाएरै छाड्ने भयो 

कुर्दैछु म आखिर किन नफर्किने समयलाई
अर्को बर्ष फेरी बुढो बनाएरै छाड्ने भयो 

गज़ल



हरदम काल्पनिक शिकार भएको छू 
कैले काही वास्तविक शिकार भएको छू 

जागिर हो की जन्जिर यो छुट्टाउनै गाह्रो
भनौ घर व्यबहारिक शिकार भएको छू 

लक्षहरू चिहाईरहेछन् बाँचिरहेछु त्यसैले 
कैले उही अलौकिक शिकार भएको छू 

यो समाजमा लौ हेर्नुस कतिथरी मान्छे 
भो बोल्दिन सामाजिक शिकार भएको छू 

अझै कति समयले तड्पाईरहन्छ होला 
समयकै मानसिक शिकार भएको छू

मुक्तक


Ramesh Prasad Aryal 
आज फेरी प्रेमको प्रस्ताब आएको छ 
स्विकार गर भन्ने जवाफ आएको छ 
छाक टार्ने केहि मुट्टी चामल खोजिरहेछु
उपहारमा लौ हेर्नुहोस् गुलाव आएको छ 

मुक्तक



Ramesh Prasad Aryal 

लौ हेर्नुहोस् ढुंगासँग प्रार्थना गरिरहेछु
अचम्म छ आफ्नो आफै कामना गरिरहेछु
कस्ले बनायो यो मन्दिर यादै भएन
मुर्तिसंग केहि पाउने चाहना गरिरहेछु

गज़ल

गज़ल 
Ramesh Prasad Aryal
मायाको मलाई दर्शक बनायौ
त्यसैले गज़ल लेखक बनायौ 

फुलेछ धरती मग्मग बसाई
त्यही फूल झरेंको नाटक बनायौ 

हाँसरै जिउने हो मेरो चाहना 
लौ बाँच्ने प्रयास अथक बनायौ 

चुडेर हाँसोनै आसुँ पो भिराई
प्रेमको कहानी ब्यापक बनायौ

म देखिरहेछु अभाब ति नयनमा
खै एक्लै जीवन रोंचक बनायौ
☺रमेश ☻

गज़ल



Ramesh Prasad Aryal 
यो जिन्दगि समयकै सुर्वाल हुदैछ
प्राण पो त कठै बरा बेहाल हुदैछ

खुसि हुदै कुनै बेला उपहार लिएँ
आँशु पुछ्ने आज उही रुमाल हुदैछ

अनगिन्ति सीमारेखा कसोगरी तोड्नु
तिम्रो मैदान् मेरो निम्ति पर्खाल हुदैछ

म लुटिदा देख्नेहरु नबस्ने रे साँची
के काम् भो र सुन्नेहरुकै संजाल हुदैछ

पीडा माथि चोट पर्दा संम्हालिनै गाह्रो
हाँसो पनि हिजो आज कंगाल हुदैछ

मुक्तक


Ramesh Prasad Aryal 
सकेसम्म म बिर्सिने प्रयास गर्ने छौ
सँम्झे पनि फेरी भुल्ने अभ्यास  गर्ने छौ
पोल्छ मुटु कुनै दिन अतितको यादले
तब मेरो रातदिन तलास  गर्ने छौ

गज़ल


    गज़ल  by
      Ramesh Prasad Aryal
नेपालिको भन्विस्य अनिस्चित हुने भयो
छरछिमेकी शत्रुहरूकै मात्र हित हुने भयो
         
शहिदको शालिक'नी दोबाटोमा फुटिसकेछ
बिडम्बना अब को नै सुंरक्षीत हुने भयो
       
यी नेताको अझै विश्वाश तपाईहरू पर्नुहुन्छ ?
कति कुर्दा संबिधान न लिखित हुने भयो

आगनमा निस्किन'नी सोच्नु पर्थ्योँ कयौ पटक
अब झनै जन जीवन् भयभित हुने भयो
        @Ramesh Aryal