Ramesh Prasad Aryal
जिन्दगीलाई समयले फकाएरै छाड्ने भयो
फेरी अर्को नयाँ बर्ष बोलाएरै छाड्ने भयो
कति टालौ पुरानो घर घाम पानि परे उस्तै
नयाँ पात्रो थोत्रो भित्तो रंगाएरै छाड्ने भयो
जिन्दगीका पल सबै स्वणिर्म झैँ लाग्नु पर्ने
पोहोर खुसि एेले भने रुवाएरै छाड्ने भयो
बालापन खोज्छु कैले फेरी चित्त नबुझे झैँ
यो घडीले आफुसंगै दौडाएरै छाड्ने भयो
कुर्दैछु म आखिर किन नफर्किने समयलाई
अर्को बर्ष फेरी बुढो बनाएरै छाड्ने भयो