गज़ल
Ramesh Aryal
बजार जाऊ साहुले भाउ बढेको कुरा गर्छन्श्रीमतिले घर भोकै बसेको कुरा गर्छन्
फुर्सदमा कैले काही निस्कन्छु गाउ तिर
नसुनेको गाउलेहरु देखेको कुरा गर्छन्
छोराछोरी पढ्न जान खोज्छन स्कुलतिर
फिस नतिर्दा शिक्षकले पिटेको कुरा गर्छन्
बा'आमाको गुनासो नि सानो त कहा छ र !
साथीभाई पैसै पैसा गनेको कुरा गर्छन्
उधारोमा बल्ल बल्ल कोट किनेर लाएँ
दाजु भाई यो जाडोले सेकेको कुरा गर्छन
अरे यार झनै दिक्क अचेल लाग्न थाल्यो
देश्मा कोहि युद्द गर्न लागेको कुरा गर्छन्
रमेश अर्याल
मरुभूमिको छाती बाट
मुक्तक
☺☻☺
दोबाटोमा अस्ति कुम ठोकेर गई
हिजो देख्दा चाही ओठ टोकेर गई
किन लोभिई छिट्टै शंका त लाग्दै थ्योँ
आज भेट्दा लौन पर्स बोकेर गई
मुक्तक
Ramesh Aryal
पढाउने शिक्षकले बुझाएको हुनुपर्छ
नत्र चिट परिक्षामा लुकाएको हुनुपर्छ
कसरि पास भो १८ घण्टा लोडसेडिङ्गमा
कि त जून हर रात उदाएको हुनुपर्छ
गज़ल Ramesh Aryal
रातो टिंका निधारमा लगाएर कता हिड्यौ
धुप बत्ति मन्दिरमा जलाएर कता हिड्यौ
रोक्न सक्छन् दोबाटोमा माया गर्छु भन्नेहरु
फूल अक्षता ढुंगालाई चढाएर कता हिड्यौ
तिम्रै जस्तो फक्रिदै थ्यो गुलाबको त्यो जवानी
मखमली चुल्ठी भरि सजाएर कता हिड्यौ
फूल अक्षता ढुंगालाई चढाएर कता हिड्यौ
तिम्रै जस्तो फक्रिदै थ्यो गुलाबको त्यो जवानी
मखमली चुल्ठी भरि सजाएर कता हिड्यौ
Subscribe to:
Comments (Atom)


