गज़ल


              Ramesh Aryal
बजार जाऊ साहुले भाउ बढेको कुरा गर्छन्
श्रीमतिले घर भोकै बसेको कुरा गर्छन् 

फुर्सदमा कैले काही निस्कन्छु गाउ तिर
नसुनेको गाउलेहरु देखेको कुरा गर्छन्

छोराछोरी पढ्न जान खोज्छन स्कुलतिर
फिस नतिर्दा शिक्षकले पिटेको कुरा गर्छन्

बा'आमाको गुनासो नि सानो त कहा छ र !
साथीभाई पैसै पैसा गनेको कुरा गर्छन्

उधारोमा बल्ल बल्ल कोट किनेर लाएँ
दाजु भाई यो जाडोले सेकेको कुरा गर्छन

अरे यार झनै दिक्क अचेल लाग्न थाल्यो
देश्मा कोहि युद्द गर्न लागेको कुरा गर्छन्

रमेश अर्याल
मरुभूमिको छाती बाट