गज़ल Ramesh Aryal



रातो टिंका निधारमा लगाएर कता हिड्यौ
धुप बत्ति मन्दिरमा जलाएर कता हिड्यौ

रोक्न सक्छन् दोबाटोमा माया गर्छु भन्नेहरु
फूल अक्षता ढुंगालाई चढाएर कता हिड्यौ

तिम्रै जस्तो फक्रिदै थ्यो गुलाबको त्यो जवानी
मखमली चुल्ठी भरि सजाएर कता हिड्यौ


भाग्यमानी ढुङ्गा रैछ ढोग्दा शिरै रङाईदियो
शिरमा सिन्दुर् मेरै भनु बनाएर कता हिड्यौ

खोजे जस्तो बर पाउनु रोजे जस्तो माया नी ल
'प्रसाद'ले देबतालाई फकाएर कता हिड्यौ


रमेश प्रसाद अर्याल (स्याङ्जालि रमेश)        

मरुभूमिको छाती बाट