मुक्तक

सिन्दुरले तिम्रो सिउदो भर्छु भन्दा पत्याईनौ
बसाई पनि तिम्रै नजिक सर्छु भन्दा पत्याईनौ
हेरुँला म जुन तारा कस्ले दिन्छ उपहार 
गुलाव दिई साँचो माया गर्छु भन्दा पत्याईनौ