गज़ल

याद बनी सधैं मेरो आसपास हुन्छौ तिमी
मेरा हर सपनीमा बिद्यानाश हुन्छौ तिमी
.
कति आए सकेनन् खै छाप छोड्न जीवनमा
प्रभावित हुनुमा म मात्र खास हुन्छौ तिमी
.

चुपचाप कति गर्छौ तिम्ले मात्र माया यहाँ
देखाईदिन्छु जब माया पर्दाफास हुन्छौ तिमी
.
सफल हूंन दिन्नन् होला दुनियाँले त्यसैले पो 
आए मेरो जिन्दगीमा मधुमास हुन्छौ तिमी
@
अर्जुन चौपारी 
हाल मरुभुमीको छातीबाट