मुक्तक


स्कुल पढ्दा साथी साथी लडाउदै ठिक्क भयो
कलेज पढ्दा प्रेम प्रस्ताब बढाउदै ठिक्क भयो

ठुलो भएँ त्यसैले पो सोच्न थाले देशको निम्ति
अचेल टायर सडकमा डढाउदै ठिक्क भयो

मुक्तक


स्कुल पढ्दा साथी साथी लडाउदै ठिक्क भयो
कलेज पढ्दा प्रेम प्रस्ताब बढाउदै ठिक्क भयो

ठुलो भएँ त्यसैले पो सोच्न थाले देशको निम्ति
अचेल टायर सडकमा डढाउदै ठिक्क भयो

गज़ल

☻☻☻☻☻गज़ल ☻☻☻☻☻

जिन्दगीले आफै सँग ढाटे पछि लेखेँ गजल
आफ्नै छाती भित्रै देखी फाटे पछि लेखेँ गजल

भोक प्यास हराउदा निन्द्रा ले नि दिएन साथ
छट्पटिदै रुदै रात काटे पछि लेखेँ गजल

हासी खुशी यो धर्तीमा यो मन नै झिल्मिलाउने
स्वपना सारा दुस्ख सँग साटे पछि लेखेँ गजल

इस्ट मित्र बिरानो भै छुट्दा साथ छरछीमेकी
भाग्य ले नि प्रबासमा छाटे पछि लेखेँ गजल

जीवन देखि दिक्क मान्दै परिराुछ जसै जिउन
सम्हालिन टुट्या आशा बाटे पछि लेखेँ गजल

☻☻१☻☻

©

स्याङ्जाली रमेश

मरुभुमीको छाती बाट

गज़ल


जिन्दगीमा अब म निसाफ खोज्दै छु
नाफा की नोक्सान हिसाब खोज्दै छू

धड्किदैछ मुटु अनायासै मेरो
छातीमा अलिकति दबाब खोज्दै छू

ह्र्दयको घाउ बन्दै छ बिकराल
मेरो जस्तै सबको तनाब खोज्दै छू

गाह्रो भो जिउन खोज्दै छू उपाय
युग नै बदल्ने सराब खोज्दै छू

के भोग्नै पर्छ र मैले नै तमासा रु
म आफैले आफैमा जवाफ खोज्दै छू

मुक्तक

थिचोमिचोको असहिय त्यो मारामार किन रु
दोहोरिन्छ गल्ति यहाँ बारम्बार किन रु

नीति नियम सिकाउने पाठशाला खै त रु
थपिदै छन झन धेरै कारागार किन रु

       लघुकथा
बर्तमान...               
                 


       म स्नातक उपाधी हासिल गरेपछी नोकरीको खोजीमा थिए । जसको लागि नयाँ जोस जाँगरका साथ गएको हप्ता ४ वटा कार्यालयमा खुलेको बिज्ञापनमा अन्तर्वार्ता दिने तयारीमा जुटे । जुन अन्तर्वार्तामा सोधिएको प्रश्नको सार यस्तो थियो । 

 १ नं कार्यालय : तपाइ जनयुद्धको समयमा कहाँ हुनुहुन्थ्यो ? हाम्रो पथको दर्शन कस्तो लाग्छ ? पार्टीको सदस्यता लिनु भएको छ ? हाम्रो पार्टीलाई कति चन्दा दिन सक्नु हुन्छ ?
२ नं कार्यालय : तपाईंको यस कार्यालयमा काम गर्ने कोही हुनुहुन्छ ? तपाइ सँग कुनै सिफारिस छ ? तपाइ प्रजातान्त्रिक बिचारधाराको हो ? लगत्तै आउंदै गरेको जिल्ला अधिवेशनको लागि कति सहयोग  दिन सक्नु हुन्छ ?
३ नं कार्यालय : तपाइ क र ख मध्ये कुन नेताप्रती तपाईंको झुकाव छ ? कुन कमरेड ले पठाएर आउनु भएको ? विद्यार्थी हुँदा कुन सङठनमा आवध्द हुनुहुन्थ्यो? पार्टीको नियम पुराएर अन्तर्वार्ता दिन  आउनु भएको हो ?
४ नं कार्यालय : तपाईंको घर कहाँ हो ? हिन्दी भाषा लेख्न र बोल्न आउँछ ? जागिर पाएमा नजराना कति चढाउनु हुन्छ ? तराइमा गएर काम गर्ने बिचार छ की छैन? दुतावासको सिफारिस छ ?

अवाक भै कुनैको पनि नतिजा प्रकाशित गरेको हेर्न गइन र म जस्तो नेपालीको लागि थिएन त्यो पद ।

त्यसैले अर्को हप्ता हिजो दिएको अन्तर्वार्तामा सफल भै साउदीमा काम गर्न जांदैछु । तपाइ पनि जाने हो की ?


मेरो नेपाल २०६९/०१/१२ www.nepalisaili.blogspot.com  

        लघुकथा
बर्तमान


दलहरूबिच संबिधान बनाउन को लागि तोकिएको समय २ वर्ष सकिन्छ । पटक पटक गरि अर्को २ वर्ष थपिन्छ । शान्ति सुब्यवस्था खल्बलिन थाल्छ , अराजकता  ब्याप्त हुन्छ , जाती जाती बिच्  द्वन्द चर्किन थाल्छ , क्षेत्रियता र संघियता को लागि चर्को नारा लाग्न थाल्छ । यस्तै किसिमले देशमा राजनितिक अस्थिरता भैरहेको हुँदा संबिधान बनाउने समय घर्किंदै गैरहेको थियो  । अझै दलहरू बिच संबिधान निर्माणमा खासै चासो दिएको देखिएको थिएन ।झनै संबिधानको लागि सत्ताको बार्गेनिङ गर्न थालेका थिए । जनताहरू राजनितिक दल र नेताहरूको बोलिचाली देखेर आजित हुन्छन् । जेष्ठ १४ गते पछि के हुन्छ बनेर जनतामा भय निराशा डरको भुमरी मडारी रहेको हुन्छ ।

चिन्ताग्रस्त भै म एक टेलिभिजन बाट आयोजित वार्तालाप कार्यक्रम् मा उपस्थित हुन पुग्दछु । म जस्तै थुप्रै दलका कर्यकर्ताले भरिएको जमात होकि भन्ने लाग्यो मलाई त्यो वार्तलाप । सबैको प्रश्नको उत्तर आशिन नेताहरूले मानौ रेडिमेड ( बनावटि) प्रश्नको उत्तर जसरी फटाफट हौसिएर दिइरहेका थिए । मैले आफ्नो हात माथी ऊठाए, मलाइ बोल्ने अनुमति दिइयो । मैले सोधे, नेता ज्यु ! संबिधान बन्छ की बन्दैन? नबने जेष्ठ १४ गते पछि के हुन्छ ?

 नेता ज्यू को उत्तर यस्तो थियो , किन आत्तिनु  हुन्छ जेष्ठ १४ गते पछि जेष्ठ १५ आउँछ । संबिधान नबने जहिले हाम्रो दलको नेत्रित्वमा सरकार हुन्छ त्यहिले बन्छ  ।

म भने मैले दुई कक्षामा पढेको महिना गते र बार बारे बिर्सें छू की भन्दै आफैलाई मनमनै गाली गर्दै आफ्नो गन्तब्य तीर लागे ।

मेरो नेपाल
२०६९/०१/२६
 www.nepalisaili.blospot.com




Postraj Chapagain
छन्द परिचय ( छन्द सिक्न चाहनेहरूका लागि मात्र ....! खास गरी हालसालै निर्माण गरिएका नया-नयाँ छन्दहरू....!!)

छन्द-छन्दमा वर्णहरूलाई ह्रस्व (l) र दीर्घ (S) गरी दुई वर्गमा विभाजन गरिएको हुन्छ ...(l) लाई लघु भनिछ भने (S) लाई गुरु भनिछ, जस्तै -क. ह्रस्व वर्णहरु - अ इ उ ऋ स्वर र तिनीहरुसँग जोडिएका सबै क कि कु कृ व्यन्जनहरूख. दीर्घ वर्णहरू - आ ई ऊ ए ऐ ओ औ अम् अ: स्वर र तिनीहरूसँग जोडिएर आउने का की कू के कै को कौ कम् क: आदिग. संयुक्त व्यन्जन प्रयोग भएका शब्दहरू उच्चारण गर्दा यदि अघिल्ला वर्णले पछिल्ला आधा व्यन्जनलाई तान्यो भने त्यो अघोल्लो वर्ण ह्रस्व भए पनि दीर्घ नै हुन्छ ....जस्तै -शब्द उच्चारण दीर्घ वर्णअम्बा अम् +बा अदिन्छ दिन् +छ किलुप्त लुप् + त लु

घ. संयुक्त व्यन्जनको प्रयोग भएका शब्दमा पनि उच्चारण गर्दा यदि अघिल्लो वर्णले पछिलो आधा व्यन्जनलाई तान्न सकेन भने चाहिं त्यो वर्ण दीर्घ नभएर ह्रस्व नै हुन्छ .....जस्तै

शब्द उच्चारण ह्रस्व हुनेगन्यो ग + न्यो गबल्यो ब + ल्यो बउज्यालो उ + ज्यालो उ

ङ. "अन्याय" जस्ता शब्दको उच्चारणमा न थप भएका कारण दीर्घ नै मानिन्छनघ. पाउका अन्त्यमा ह्रस्व दीर्घ जे भए पनि हुन्छ .....जस्तै - अनि उही

छन्दमा आठवटा गणहरू हुन्छन...तिनै गणका आधारमा सम्पूर्ण छन्दको निर्माण हुने गर्दछ, छन्दका बारेमा पिंगलले रचना गरेको सजिलो सूत्र छ ...त्यो हो - यमाताराजभानसलगाअर्थात् -सूत्र संकेत गण उदाहरण१. यमाता lSS या जमाना२. मातारा SSS म नेपाली३. ताराज SSl त आकाश४. राजभा SlS र भावना५. जभान lSl ज हजार६. भानस Sll भ आँगन७. नसल lll न कमल८. सलागा llS स छहरा९. ल l (लघु) - म१०. गा S (गुरु) - यो

अब यिनै सूत्र वा नियम भित्र तल मैले (हामीले ) निर्माण गरेका छन्दहरू पनि पर्छन ! दिइएका सूत्रहरू हेरी अब यहाँ आफैले पनि चाहेको छन्दमा आफ्ना कविता वा गजलहरू कोर्न सक्नु हुन्छ .... जस्तै -

राम्री बनेर हिड्छौ बसौली पसलमा !काँचो कबाब बिक्ने जमाना छ ऐले ...छन्द - वातूलSSl SlS SlS SlS Sत र र र गु( ७ अक्षरमा विश्राम )

बगैंचामा वसन्त थ्यो, कुरा काटे मयूरले लजायो लाज 'राज'को हटाए हात सुस्तरी...छन्द - कुस्तुम्बरीlSS SlS lSl SSS lSl S य र ज म ज गु ( ८ अक्षरमा विश्राम, ४ र १२ मा अर्ध विश्राम )

राम्रो के हो र हुन्छ कस्तो ? कुन रङको छ त्यो म कसरी व्याख्यान त्यस्को गरूँ लोलाईमै त्रिलोक जम्मै सयर गराउने नजर थ्यो, त्यस्मा थियो के नशा...छन्द - मेघनादानुलासिन्SSS SlS lSS lll lSl Sll lSS SlS SlS (८ र २० अक्षरमा विश्राम)

पारी छ तिन्को माया वारी परेको छ छायाँ बीचमा असारे खोला, गढ़तीरमै अल्झिएँ म...छन्द - हिमावती SSl SSS SSS lSS lSSत म म य य (७ अक्षरमा विश्राम)

म त राजको नि 'राज' हुँ म हजूर भा नि भन्दिन...छन्द - अभयाllS lSl SiSस ज र ( ५ मा विश्राम )

म त राजको नि 'राज' हुँ म हजूर भा नि भन्दिन...छन्द - अभयाllS lSl SiSस ज र ( ५ मा विश्राम )

जस्ले लास बोक्छु भन्थ्यो, उस्कै लास याँ छ आफ्नै लास बोक्छ मान्छे, जप्दै राम राम...छन्द - आमिक्षा SSS lSl SSS SSl S S म ज म त गु गु ( ८ अक्षरमा विश्राम )

यौटा 'राज' छोड्ने त्यो सर्पै थिएँ कि मेरै काँचुलीमा मेरै दाह भेटें...छन्द - चन्द्रभागा SSS lSS SSS lSS म य म य(६ अक्षरमा विश्राम )

आफ्नो देश भन्दै पुग्थ्यो किन कोही ?झ्याम्मै 'राज' धा'थ्यो रुप्से छहरामा...छन्द - मत्तकासिनी SSS lSS SSl lSS म य त स ( ६ अक्षरमा विश्राम )

नयनले शीत देख्यो चमक अर्थियो...पयरले टिप्न खोज्यो झमक अर्थियो...छन्द - झमक lll SSl SSl llS lS (८ अक्षरमा विश्राम, ४ अक्षरमा अर्ध विश्राम )

शिलाको जवानी काँचै हरायो...जवानी थुनेको साँचै हरायो...छन्द - विपन्चीlSS lSS SSl SSय य त गु.गु.(६ मा विश्राम, ३ र ८ मा अर्ध विश्राम )

नउठाइ लौरी कुनै बाघ टेर्ला ?सजिलै नभाग्ने भयो राजनीति...छन्द - भुजंगाननllS lSS lSS lSSस य य य (६ अक्षरमा विश्राम,३ र ९ मा अर्ध विश्राम )

नियतीको मारमा छु...म दुखेको प्यारमा छु..छन्द -तिलपर्णीllS SSl SS(४ अक्षरमा विश्राम )

खोजेको थें सानो आभास मेरै आकृतीमा...भेटें मैले मेरो आकाश मेरै आकृतीमा...छन्द - काल्चीमिस्रीSSS SSS SSS SSl SSम म म त गु.गु.(४-४ अक्षरमा विश्राम)

वसन्त मास थ्यो...हुरी बतास थ्यो...छन्द - सवर्तिकाlSl SlS(२ अक्षरमा विश्राम )

उनी थिन् त्याँ ...बित्यो छिन् त्याँ...छन्द - अवाक्पुष्पीlSS S(२ अक्षरमा विश्राम )

दिलमा झिलिक्क त्यो उनको पुकार थ्यो...बिजुली थिएन त्याँ ! हँसिलो मुहार थ्यो...छन्द - अभिसारिकाllS lSl Sll SlS lS(७ अक्षरमा विश्राम)

हुन्छ भने पास हौ छुन्छु बरीलै...हुन्न भने दूर हौ रुन्छु बरीलै...छन्द - मुचुङ्गाSll SSl SSl lSSभ त त य(७ अक्षरमा विश्राम)

छन्द - जवाकस्तूरीlSS SSl SSS S(५ अक्षरमा विश्राम )सलाई आफैं बनाएँ मैले...मलाई आफैं जलाएँ मैले...

छन्द - मधुरसाlll Sll lSl lSl Sन भ ज ज गु(४-४ अक्षरमा विश्राम)नयनमा नजर थ्यो अरु के भनौं...अधरमा असर थ्यो अरु के भनौं...

छन्द - सीमन्तिनीSSl SSS SlS Sत म र गु(५ अक्षरमा विश्राम)आमा पकाए बोक्सी बनाई...बाँटेर खाए बोक्सी बनाई...

छन्द - जानकीSlS lSS SlS lSS( ३ र ९ मा अर्ध विश्राम र ६ मा विश्राम )राजको जवानी राजमा नि राख्नेराजले छकाई लाटलूट पारे...

छन्द - शमाश्रीlll lll SSl lSS lSS( ८ अक्षरमा विश्राम )नयन छिन पखालें दिल टाँसेर फोटो...अनि मुसुमुसु हाँसें दिल टाँसेर फोटो...

छन्द - यार्सागुम्बाSSS SlS lSS SSS lSl S(८ अक्षरमा विश्राम )बाजी यस्तो कमाल थ्यो, यार्सागुम्बा थियो जहाँ...जित्ने कस्ले सवाल थ्यो, यार्सागुम्बा थियो जहाँ...

छन्द - विन्देश्वरीlSS SSS SSl SSS SSS S( आठ अक्षरमा विश्राम)उनी देख्दा दोबाटोमै ढलेको थें झन्डैझन्डै...बिहोशीमै माया गर्छु भनेको थें झन्डैझन्डै...

छन्द - राजllS lSS llS lSS(६ अक्षरमा विश्राम)अभिशाप जस्तो सपना छ यौटै...बरबाद भा'को घटना छ यौटै...

अब यी छन्दहरू मध्ये कुनै एक चुनी लेख्न सुरु गर्नुस् त ......पहिला यौटा लेखेर हेर्नुस् अनि म अगाडि अरु कुराहरू पनि क्रमश गर्दै गर्दै जाने छु ......( यो यहाँलाई गृहकार्य )

मुक्तक

थिचोमिचोको असहिय त्यो मारामार किन रु
दोहोरिन्छ गल्ति यहाँ बारम्बार किन रु

नीति नियम सिकाउने पाठशाला खै त रु
थपिदै छन झन धेरै कारागार किन रु

गज़ल

यो धर्तिमा यौटै मात्र ,नाता हुन् मेरा बा
मेरो जीवनको अमुल्य ,दाता हुन् मेरा बा
-
शताब्दी नै भोगिसके अनेकौ छ अनुभब
ईतिहासको जिउदो ,पाता हुन् मेरा बा
-
के सकौला खै तिर्न म ,हेरन ममता
आफू रुँझ्दै मलाई ओत्ने ,छाता हुन् मेरा बा
-
उनीसँगको समिप्यता ,सक्दिन म तोड्न
जिन्दगीको परिधिमा ,हाता हुन् मेरा बा
-
©
स्याङ्जाली रमेश
मरुभुमीको छाती बाट

मुक्तक

सानै थीईस् पैले बाबु अचेल ठुलो भा'को रैछस
नयाँ लुगा काट्दै तैले टालो हाली ला'को रैछस
ठुलै रैछ चर्चा तेरो गाउघरमा ट्यापे भन्दै 
जाड,रक्सी खैनी,चुरोट भेटे गाजा खा'को रैछस

मुक्तक

प्रकृतिको थियो संग्राम पर्खाल नाग्नु कसोगरी ?
खोजे भाग्न सकिन खै अब भाग्नु कसोगरी ?
थाहा थियो एकै छिनमा उजाडीन्छ मेरो बस्ति
यी हातले उजाड़ने त्यो तुफान छेक्नु कसोगरी 

पिर ब्यथा जिन्दगीका लुकेजस्तो लागेको छ
दु:ख पोख्ने आँशु सबै सुकेजस्तो लागेको छ
उन्मुक्तीको भुमरिमा कतिन्जेल अल्झिनु खै
जिन्दगीको बाटो बल्ल फुकेजस्तो लागेको छ

नेपाली गीतहरु

नेपाली गीतहरु

केहि नेपाली सदाबहार तथा कर्णप्रिय गीतहरु सुन्नुहोस् वा डाउनलोड गर्नुहोस। डाउनलोडको लागी गीतको टाईटलमा क्लिक गर्नुहोस, डाउनलोड लिङ्क फेला पर्नेछ। सुन्नको लागिमात्र प्ले बटन क्लिक गर्नुहोला। नयाँ गीतहरु क्रमश: अपडेट भईरहेको छ त्यसैले साईट भिजिट गर्दा यो पोष्टमा हेर्न नभुल्नु होला।

:) :) :) आधुनिक गीतहरु :) :) :)
तिम्रो मेरो सम्बन्धको चर्चा- निशा देसार
मायाँ एउटा सँग- अन्जु पन्त
तिम्रा पाउहरुमा- तारादेवी
किन हो यति भरोसा बसेछ तिमिमा- तारादेवी
एउटा परदेशी- देविका बन्दना
म ढले बेहोसीमा ढले- स्वरुपराज आचार्य
#8230;अनि गजलकार भँए म- अन्जु पन्त र साथीहरु
यति धेरै मायाँ दिइ- नारायण गोपाल
उकाली चढ्दा पसिना पुछ्ने- अम्बर गुरुङ
देशले रगत मागे- गोपाल योञ्जन
टाढा टाढा जानु छ साथी- बच्चु कैलाश
भैसीँ लड्यो है माया- डेजी बराईली
मुटु माग्यौ तिमीले- दिपक लिम्बू
तिमी आउने बाटोमा- डिज राज पौडेल
यस्तो एउटा कथा- अन्जु पन्त र मनोज सेवा

मलाई बाँसुरीले रुवायो- अन्जु पन्त
बाधा परुन जतिनै- द्धारीका लाल जोशी
रिसाईदेउन बिन्ति- रविन शर्मा
तिमी आउछौ भन्ने आशै आशमा- उदित नारायण झा
तिम्रो सिउँदो सजाईदिने- मधु क्षेत्री
तिमि यसै लजायौ- रविन शर्मा

स्वर सम्राट नारायण गोपाल
हुरिले उडाउन सकेन- मधु क्षेत्री
मर्न बरु गारो हुन्न- फत्तेमान
कस्को आँखा लाग्यो बरै- रिमा गुरुङ
तिम्रो दिलमा चोट लाग्दा- नरेन्द्र प्यासी
सयौ जुनी- रजीना रिमाल र जगदिश समाल
बल गरेर त्यो मन यता- स्वरुपराज आचार्य
यहाँ देशको छ चिन्ता- दिपक लिम्बू
कहिले काँही मनका कुरा- उदित नारायण झा

तारा देवी
सार्है पार्यो आज मलाई तिम्रो सम्झनाले- सूर्य थुलुङ
ए मलाई माया गर्छु भन्नेहरु- नारायण गोपाल
अल्झेछ क्यारे पछ्यौरी- नारायण गोपाल
यसैगरी विताई दिन्छु- नारायण गोपाल
झरेको पातझै भयो- नारायण गोपाल
यो सम्झिने मन छ- नारायण गोपाल
फूलको थुङ्गा बगेर गयो- तारा देवी

अरुण थापा
रातो रानी फुलेझै- डेनी डेनजोम्पा
नमरी बाँचे दैवले साँचे- देविका प्रधान
मेरी माँया साँझ बनी- भक्तराज आचार्य
मेरो पाउमा आज पाउजु बाँध-गोपाल योन्जन र मिरा राणा
विना बादल असिना आउदैन- क्लासिक गित
तिमीले भुल्न सकेपनि- कन्हैया सिँह
तिमीले पराई ठानेपछि- अन्जु पन्त
वितेका कुराले-दिप श्रेस्ठ
किन हजुर नबोलेको-सपनाश्री

अरुणा लामा
हुँ यात्री-दिप श्रेस्ठ
खोला वारी खोला पारी- मदनकृष्ण श्रेष्ठ
बोलाउँ भने तिमिलाई बात लाग्ने डर-बद्रि दुर्गा खरेल
निश्ठुरीलाई माया गरी-राजेश पायल राई
उनको प्रिति पहिले हो कि मेरो प्रिति-जगदिश समाल र सपनाश्री
सागर सरी चोखो माया-राजेश पायल र अन्जु पन्त
आधीबाटो हिडेपछि-उदय र मनिला सोताङ
चिठ्ठी तिमिलाई- शम्भु राई
म तिम्रो शहर छोडि-दिपकराज पान्डे

राजेश पायल राई
तिमी तारे भिर-पबित्रा सुब्बा
काँडा त बिझ्यो बिझ्यो- स्वरुपराज आचार्य
कति कमजोर रहेछ भाग्य- दिप श्रेष्ठ
आँधिसरी तिम्रो माया-स्वरुपराज र अन्जु पन्त
तिमि बिनाको जीवन म सोच्नपनि सक्दिन-नरेन्द्र प्यासी
तिमि बिना बाँच्न गारो भो-उदय र मनिला सोताड
बादल बनाइ देउ-दिपक खरेल
असारै महिनामा-छुसन डुप्पा

उदित नारायण झा
बिहान उठ्ने वित्तिकै हिमाल देख्न पाईयोस-रामकृष्ण ढकाल
कहाँ थियौ तिमि- शिव परियार
दर्शन नमस्ते- राजेश पायल राई
उकाली ओरालीहरुमा- तारा देवी
चलेछ बतास सुस्तरी (नयाँ भर्सन)- शम्भु राई
एक धर्को सिन्दुर के हो र- शुरेस अधिकारी
कति कुरा नभनेर नै मिठा हुन्छन्- देव नारायण
आउ अब मेरो अँगालोमा- सुरेश कुमार
झलझली आँखामा- उषा मँगेशकर (क्लासिक)

अन्जु पन्त
सोचे जस्तो हुन्न जीवन- तारा देवी
पिपलु बोटैमा- ईश्वर अमात्य
मेरो प्यारो ओखलढुङ्गा- नारायण गोपाल
टुट्यो तारा आकाशमा- ईन्दिरा जोशी
न मुछे आमा दहिमा टिका न छरे जमरा- कृष्णभक्त राई
एक्लै बस्दा सधै मलाई- अरुणा लामा
हाँसी हाँसी जलिरहेँ- अरुणा लामा
फूलको आँखामा फूलै सँसार- आनी छोईङ डोल्मा
आज नाच्छे मेरी गौरी- बिधान श्रेष्ठ
चिनारी हाम्रो धेरै पुरानो- नारायण गोपाल

दिपक खरेल
कुन मन्दिरमा जान्छौ यात्री- रविन शर्मा
सिरानीले बिझायो की- पबित्रा सुब्बा
पुरा भयो सपना मेरो- उदित नारायण झा
कता हिडेको कसलाई खोजेको- आभा मुकारुङ
तिमिले दिने माया- नरेन्द्र प्यासी
के भुल भयो प्रिया म सँग बोल्दिनौ- नरेन्द्र प्यासी
उडेर जून छुन्छु भन्थे- रामभक्त जोजिजु
मानिस खोजि रहेछु- शिशिर योगी
तिमि मेरो आँखाको नानी थियौ- सुरेश कुमार

दिप श्रेष्ठ
कसको आँखा लाग्यो बरै- रिमा गुरुङ
हर रात सिरानी मेरो-शुरेस कुमार
ईश्वर तैले रचेर फेरी-नारायण गोपाल र कमला श्रेष्ठ
तिमि लालीगुँरास फूलजस्ती-प्रकाश श्रेष्ठ
यती चोखो यती मिठो- नारायण गोपाल
उडायो सपना सबै हुरिले- मुरलिधर
ऋतुहरुमा तिमि- अरुण थापा
दुईटा फूल देउरालीमा- नारायण गोपाल
नजरको दोषी- रिमा गुरुङ