गज़ल


Ramesh Prasad Aryal


तिमी पाएँ चाहन्छौ के ? पुर्याउन सक्छु अब
साँचो माया संसारलाई देखाउन सक्छु अब 
-
ढुङ्गा पनि पानीसंग गल्नै पर्छ एकदिन
मुर्तिहरु तपस्याले ब्युताउन सक्छु अब 
-
सदाबहार जिन्दगीलाई उजाड भन्ने भेटेदेखि
फूलै फूल बाटो भरी सजाउन सक्छु अब 
-
जुँन तारा आखा तर्लान् फुलहरु कानेखुसी
अधेरिलाई त्यो रुपले तर्साउन सक्छु अब
-'
प्रसाद्'बिना मदिरमा जानु को के अर्थ भो र ?
भन्छौ घरै भगवान बोलाउन सक्छु अब
 रमेश 
मरुभूमिको छाती बाट