by Ramesh Prasad Aryal
चमत्कारी विज्ञानलाई बनाउछ मान्छे
फेरी उही बिज्ञानले सताउछ मान्छे
ढुङ्गा झर्छ हावा उड्छ पानि बग्छ किन
सबै चासो समाधान गराउछ मान्छे
युँग हो यो शास्त्र भन्थ्योँ शताब्दि भो एले
लौ हेर्नुस समयालाई नचाउछ मान्छे
आकाश हेर्दै टोलाउथ्योँ चँन्द्रमा मै टेक्यो
तारा छुने फेरी रहर चलाउछ मान्छे
रातो रंग लुगाफाटो देख्दा के हो भन्ने
रंगीचंगी आज लुगा लगाउछ मान्छे
-----अर्जुनचौपारी ४
हाल-मरुभूमिको छाती बाट