तिम्रै मात्र प्रतिक्षाले अब जुनी जाने भयो
पक्का हो यो तिमीलाई पक्कै पराई ठाने भयो
-
भोक प्यास यो मनको चैन सबै हर्ने तिमी
सँम्झ गर्न बाकि भए यो ज्यान आफ्नै माने भयो
-
घायल छु म मिठा मिठा पलहरु सम्हाल्दैमा
अझै सिथिल पार्छौ भने सँम्झनाले हाने भयो
-
मन परेको फूल टिप्दा ओईलियो त के गरुँ म
तिम्ले फूल सदाबहार सुवासिलो छाने भयो