सारा दिन तिम्रै बाटो पर्खिएर रोएँ
आईनौ त साँझ झनै चर्किएर रोएँ
-
अनिदोमै गल्यो रात तिमी बिना मेरो
बिछ्यौनामा यता उता फर्किएर रोएँ
-
झनै साह्रो गड्यो नशा यो मुटुमा तिम्रै
आफ्नै मुटु संग आफै झर्किएर रोएँ
-
मिर्मिरेमै झुल्क्यो घाम बल्झिदै थ्योँ याद
आफ्नै छाँया संग फेरी तर्किएर रोएँ
-
स्याङ्जाली रमेश
स्थाई घर अर्जुनचौपारी
हाल मरुभूमिको छाती बाट