तिमी बिना सुन्य लाग्ने शहर संगै रोएँ
सम्झनका मिठा मिठा लहर संगै रोएँ
-
दिन कट्थे जसो तसो साँझ हुन्थ्योँ गाह्रो
झस्किने ती हर रातका प्रहर संगै रोएँ
-
मिर्मिरेमै शुरु हुन्थ्यो दर्द् पूर्ण कथा
झाङ्गिएका जिन्दगीका रहरसँगै रोएँ
-
अन्तिम् ईच्छा लेख्नु थियो चिट्ठी भित्र गजल
नसक्दा पो गजलको बहर संगै रोएँ
-
उराठ लाग्यो यो धर्तिमा त्यसैले पो बाँच्न
मर्नु अघि एकै छिन जहर संगै रोएँ
------------------------------------------------
स्थाई घर -अर्जुन चौपारी ४
स्याङ्जाली रमेश
हाल -मरुभुमीको छाती बाट....