गज़ल


याद बनी सधैं मेरो आसपास हुन्छौ तिमी
मेरा हर सपनीमा विद्यानाश हुन्छौ तिमी
.
कति आए सकेनन् खै छाप छोड्न जीवनमा
प्रभावित हुनुमा म मात्र खास हुन्छौ तिमी
.
चुपचाप कति गर्छौ तिम्ले मात्र माया यहाँ
देखाईदिन्छु जब माया पर्दाफास हुन्छौ तिमी
.
सफल हूंन दिन्नन् होला दुनियाँले त्यसैले पो
आए मेरो जिन्दगीमा मधुमास हुन्छौ तिमी
@
अर्जुन चौपारी
हाल मरुभुमीको छातीबाट
स्याङ्जालि रमेश