नेपाली गजल प्रशिक्षण श्रङ्खला-७
.............................. .क्रमश
प्रिय मित्रहरू ! नमस्कार !
विगत श्रृङ्खलाहरूमा हामिले रुक्नहरूको जानकारीको साथै "फऊलुन्" को वजन र शुध्द उच्चारण सम्बन्धी जानकारी पनि प्राप्त गरियो ! हिजो देखि हामिले "फऊलुन" को 4 आवृत्तिमा गजल लेख्ने शुरूवात पनि गरिसकेका छौं ! यसै क्रमलाई अगाडि बढाउँदै आज पनि हामी सामूहिक रूपमा अर्को गजलको सृजन गर्ने छौं !
यहाँ म तपाईहरू संग एक निवेदन गर्न चाहन्छु कि गजल लेख्दाखेरि बहरको जति महत्व हुन्छ, त्यति नै महत्व गजलको विषय वस्तुको चयन, वैचारिक पक्ष, अभिव्यक्ति गर्ने तरीकाको पनि हुन्छ !
म गजलमा श्रृङ्गारको विरोधि हैन तर मेरो यो प्रबल मत हो कि गजल भित्र वर्तमानको स्वर हुनुपर्छ ! समाज बोल्नुपर्छ ! देश बोल्नुपर्छ !
एकदम परफेक्ट बहरमा लेखेर पनि यदि हामी गजलको व्याकरण सम्म मात्रै सीमित रह्यौं भने त्यस्तो गजलमा शरीर त हुन्छ तर प्राण तत्व हुँदैन ! साहित्य भनेको समाजको दर्पण हो, अनि गजल वर्तमान साहित्यको प्रमुख विधा हो ! त्यसैले अब गजलमा वैचारिक पक्ष अत्यन्त प्रबल हुनैपर्छ ! तर वैचारिकताको मात्रै कुरा गरेर गजलको मूल रूप र सिध्दाँतसङ्ग खेलवाड़ गर्नुहुँदैन ! गजल बहरबद्ध हुनैपर्छ ! यदि (लय, छन्द, बहर, मीटर) मा छैन भने त्यो रचना अरू जेसुकै भएपनि गजल कदापि हुनै सक्दैन !
ल त साथीहरू ! अब म तपाईलाई आज फेरि एक मतला दिंदैछु ! खूब राम्रो सङ्ग सोचेर लेख्नुहोला ! बरू एउटै शेर किन नहोस् तर दमदार लेख्नुहोला ! हतारको काम छैन है ! 10 मिनेटमा गजल लेख्छु भनेर नसोच्नुहोला ! शेरै शेर को थुप्रो पनि एक्कै चोटि नपठाउनुहोला ! मलाई क्वान्टिटी हैन, क्वालिटी चाहियो ! यो मेरो विशेष अनुरोध छ ! शुभकामना सबैलाई !
जय गजल !!
मतला :
..............
म गर्ने / छु सेवा / निरन्तर / कलमको !
छ तलवा / र भन्दा / बढी भर / कलमको !
(Shekhar "Astitwa")
..............................