नेपाली गजल प्रशिक्षण श्रृँखला-५ .

नेपाली गजल प्रशिक्षण श्रृँखला-५
.........................................क्रमश 



प्रिय मित्रहरू, नमस्कार !
आज भगवान बुद्ध को एउटा सानो कथा भन्न मन लाग्यो ! भगवान बुद्धका अनेक शिष्यहरुमा एउटा शिष्य "श्रोण" भन्ने राजकुमार पनि थियो ! सानैदेखि राजपरिवारमा हुर्केको केटो ! राग रङ्ग रसको कमि थिएन श्रोणलाई ! एकदम जिद्दी स्वभाव ! त्यसमाथि भगवान बुद्धबाट नयाँ-नयाँ सन्यास ग्रहण गरेको ! अनि आफ्नो जिद्दी स्वभावले गर्दा बुद्धको सङ्घमा बस्दाखेरी श्रोणले घोषणा गर्यो कि - जब सम्म मलाई पनि बुद्ध जस्तै ज्ञानको प्राप्ति हुँदैन, तब सम्म म अन्न-जल केहि ग्रहण गर्दैन ! सबै भिक्षुकहरूलाई चिन्ता भयो ! अन्तमा कुरा भगवान बुद्ध सम्म पुग्यो !
बुद्धले श्रोणलाई बोलाएर सोध्नु भयो - श्रोण, मैले सुन्या छु कि सन्यास लिनुभन्दा पहिले राजमहलमा बस्दा तिमीले धेरै राम्रो सितार वादन गर्थ्यौ रे ?
श्रोणले भन्यो - हो भगवन ! म राम्रै सितार बजाउँथें !
बुद्धले पुन: सोध्नुभयो - श्रोण ! भन त ! यदि सितार को तार एकदमै ढिला भयो भने सुर निस्किन्छ त ?
श्रोणले भन्यो - नाई भगवन ! तार एकदमै ढिला भयो भने सुर निस्किन्न !
बुद्धले फेरि सोध्नुभयो - अनि एकदमै तारलाई कस्सियो भने सुर निस्किन्छ त ?
श्रोणले भन्यो - नाई भगवन ! त्यो गर्दा त तारनै टुटिहाल्छ !
त्यतिबेला भगवान बुद्धले श्रोणलाई समझाउनुभयो -
"हेर श्रोण ! सन्यास पनि यस्तै छ ! यो जीवनमा साधनाको तार ठिक्क को कसेको हुनुपर्छ ! न धेरै ढिला, न धेरै टाईट ! अनि बल्ल ज्ञानरूपी सुर निस्किन्छ !"

प्रिय साथीहरू !
हाम्रो यो विगत 4 श्रृँखला को अनुभवले मलाई थाहा भएको छ कि केहि साथीहरूले धेरै राम्रो गरेका छन् ! कसैको औसत प्रगति छ भने कसैले अझै राम्रोसंग बहर बुझ्न सकेका छैनन् !
मेरो निवेदन यति मात्र हो कि - यो पनि एक साधना नै हो ! हतार हतारमा अथवा आत्तिएर केहि हुनेवाला छैन ! बरू एउटै शेर लेख्नुस तर मनैबाट राम्रोसंग बुझेर अनि मेहनत गरेर लेख्नुस ! यो निरन्तर साधनाले नै सबैलाई खारेको छ ! तपाईलाई पनि अवश्य खार्ने छ !
प्रसंगवश एउटा कुरा अझै याद आयो ! आजभन्दा करीब 30 वर्ष अगाडि कक्षा 7 मा पढ्दा मैले एउटा शे'र लेखे थिएँ !

आग तो तुझमें भी है, बस फूँकने की देर है !
कामयाबी क्या है ? तेरी कोशिशों का ढेर है !

प्रिय साथी !
तपाई भित्र पनि सृजनको आगो छ ! र यसको प्रमाण छ - तपाई भित्रको यो सिक्ने चाहना ! यो आगोलाई अलिकति फूँक्न मात्र बाँकी छ ! मैले फुँकीरा'छु ! सफलता पक्कै मिल्नेछ ! किनभने सफलता के हो ? तपाईले गरेको प्रयासको थुप्रो हो ! तपाईले गरेको कोशिशको ढेर हो !
जति ठूलो र अग्लो तपाईको प्रयासको थुप्रो हुनेछ ! त्यतिनै ठूलो सफलता तपाईले पाउनुहुन्छ !
तपाईको प्रयास सफल होस् ! तपाईको साधना पूर्ण होस् ! मेरो शुभकामना !

ल त ! आज फेरि शुरू गरौं ! त्यै "फऊलुन्" बाट ! के कस्तो गर्नुभयो हिजोको होमवर्क ? हेरौंby

https://www.facebook.com/pages/Shekhar-Astitwa/152688838215343