नेपाली गजल प्रशिक्षण श्रृंखला-४



प्रिय मित्रहरू नमस्कार !

तिमीलाई आँखाको नानी बनाएँ
यो जीवन विरहको कहानी बनाएँ

जलाएर आफ्नै मुटु सम्झनामा
सबै स्वप्नलाई खरानी बनाएँ

रुँदै सूर्य लाखौं उदाएँ नयनमा
हिजो रातलाई बिहानी बनाएँ


प्रिय मित्रहरू !
यतिखेर हामी बहरबद्ध रूपमा गजल सिक्ने प्रयास गर्दै छौं ! र यस अन्तर्गत हिजो देखि हामिले "फऊलुन्" (। ऽ ऽ) रुक्न बाट निर्माण हुने बहरको अध्ययन गरिरहेका छौं !........

प्रिय साथी ! उर्दू (अरबी/फारसी) बहर मुख्यत: उच्चारण को आधारमा हुन्छ्न् !
मैले अघिल्लो श्रृंखला मा पनि यो कुरा राखेको थिएँ कि उर्दू बहर मात्रिक र वर्णिक छन्दको मिश्रण हो तर यो वर्णिक छन्दको अलि नजिक हुन्छ ! त्यसैलए उर्हू बहरमा उच्चारणलाई ठूलो महत्व दिइएको पाइन्छ !
अर्को एउटा मुख्य कुरा के हो भने उर्दूको उच्चारण मा कतिपय शब्दहरूको दुई रूप देखिन्छ्न् !
जस्तो - (एक) लाई (इक)
(मेरा) लाई (मिरा)

यसरी नै "ए" "इ/ई" "उ/ऊ" र "ओ" अक्षरलाई लचिला अक्षर मानिन्छ ! यिनको ह्रस्व र दीर्घ दुवै रूपमा उच्चारण गर्न मिल्छ !

मैले आज राखेको उपरोक्त गजल लाई हेर्नुस् !

तिमीला / (ई) आँखा / (को) नानी / बनाएँ
(यो) जीवन् / विरहको / कहानी / बनाएँ

यो मतला मा ऊला मिस्रा मा (ई आँखा) र (को नानी) अनि सानी मिस्रामा (यो जीवन्) आएको छ !
एक छिनको लागि तपाईलाई भ्रम हुन सक्छ कि (ई), (को) र (यो) को वजन त दुई हो, तर ध्यान संग हेर्नुस् ! उच्चारण गर्दा यी अक्षरहरू (ई) र (ओ) ध्वनि दिन्छन् ! यो लचिला अक्षर भित्र परेको हुनाले यहाँ यिनी दुवै अक्षरको वजन (।) हो !

त्यस्तै-

जला(ए) / र आफ्नै / मु(टु) सम् / झनामा
सबै स्वप् / नलाई / खरानी / बनाएँ

यो शेर को ऊला मिस्रामा (ए) र (टु) आएका छन् ! र ह्रस्व भएर पनि "ए" र "उ" को ध्वनि हुनाले यिनी यो ठाउँमा "दीर्घ" को स्थानमा छन् ! किन भने यी लचिला शब्द हुन !

अब तपाईले यो गजलको उच्चारण गरेर हेर्नुस ! तपाईलाई थाहा पनि हुने छैन ! कतै अड्किए जस्तो पनि लाग्नै छैन उच्चारण गर्दा ! यो नै यस्ता लचिला शब्दहरूको खूबसूरती हो !

हिजो को होमवर्क मा मैले जानेर तपाईहरू लाई त्यो मिस्रा दिएको थिएँ -

"मेरो मन् / मु(टु)मा / छ नेपा / ल मेरो"

खै ! हेरौं त ! तपाईहरूले के कस्तो गजल लेखेर ल्याउनु भएको छ ?

https://www.facebook.com/pages/Shekhar-Astitwa/152688838215343