घाऊ किन हुनु पर्यो पिडा आफै चोट भा'छ
चोखो मनमा घात पर्दा नमेटिने खोट भा'छ
बाध्यतामै प्रबासियो बालुवामा जिन्दगी यो
खडेरीमा पानि बिना सुकेजस्तो बोट भा'छ
ठाउ छैन खुशीलाई पोल्टो भर्दा दु:खले नै
भेटे खुशी थर्थराउने आज भोलि ओठ भा'छ
अन्न सड्यो नबोल्ने को बोल्दा पिठो बिकेर नै
आफ्नै नाउको प्रचार गर्ने एले यहाँ होड भा'छ
पानी छैन बत्ति छैन न त भेटे सुख शान्ति
काठमाण्डौको मेरो बस्ती दुर्गमको भोट भा'छ
.
रमेश अर्याल
(स्याङ्जालि रमेश)
मरुभूमिको छाति बाट