नेपाली गजल प्रशिक्षण श्रृङ्खला-११
::::::::::::::::::::::::::::::क्रमश
प्रिय मित्रहरू ! नमस्कार !
स्वागत छ यहाँहरू सबैजनाको ! आजको यो सहयात्रामा ! आज देखि हामिले बहरको दोस्रो रुक्न - "फाइलुन्" (ऽ । ऽ) को विषयमा चर्चा गर्दै सिक्ने प्रयास गर्ने छौं ! धेरै सोचेपछि विगत दशवटै श्रृङखलाको अनुभवले मलाइ यस्तो लाग्यो कि यो रुक्न शुरू गर्नुभन्दा पहिले तपाईसंग केहि कुरा गर्नुपर्छ !
कुरा के छ भने - सिक्ने- सिकाउने यो क्रममा तपाईलाई मेरो कुरा अति सामान्य र कहिले काहिं मजाक गरे जस्तो पनि लाग्न सक्छ ! तर तपाईहरू सबैजनासंग मेरो विनम्र अनुरोध छ कि त्यो कुरा लाई सामान्य अथवा मजाक नठान्नुहोला ! म गजलको क्षेत्रमा सानैदेखि गुरू शिष्य परम्परा अन्तर्गत खेल्दा खेल्दै सिकेको मान्छे हूँ ! त्यो स्टाइलनै मलाई मनपर्छ ! अझै भनौं त्यो बाहेक अर्को सिकाउने स्टाइल आउँदैन पनि !
त्यसैले जब मैले तपाईलाई कुनै ठाउँमा जोड दिने भन्छु ! कुनै ठाउँमा सामान्य स्वर भन्छु ! कुनै ठाउँमा ताली बजाउन भन्छु त्यतिबेला तपाईले त्यति मात्र गर्नुहोला ! गजल गेय विधा हो ! र मैले बुझे अनुसार गजल गाउँदै सिक्न धेरै सजिलो हुन्छ !
ल त साथीहरू ! अब हामी सिक्नतर्फ लागौं ! मैले शुरूमा नै भनेको थिएँ कि कुनै पनि बहर सिक्नको सबैभन्दा सजिलो तरिका हो - त्यो बहरको जुन मुख्य रूक्न हो, त्यो रुक्नको शुध्द र स्पष्ट उच्चारण !
अब फाइलुनको शुध्द उच्चारण कसरी गर्ने त ? मात्रा अनुसार "फाइलुन्" को वजन (ऽ । ऽ ) हुन्छ !
फा - ऽ = (दीर्घ/गुरू)
इ - । = (ह्रस्व/लघु)
लुन् - ऽ = (दीर्घ/गुरू)
फाइ लुन् / फाइ लुन् / फाइ लुन् / फाइलुन्
"फाइ" भने पछि एकैसाथ "लुन्"को पनि उच्चारण गर्ने हो तर "लुन्" भन्ने बित्तिकै "लुन्"को उच्चारणको साथै हल्का ताली बजाउने हो ! सांगितिक भाषामा यसलाई "बीट" भनिन्छ ! लुन् को उच्चारणको साथै यो ताली आउनै पर्छ है ! यो अति महत्वपूर्ण कुरा हो !
ल शुरू गर्नुस त साथी !
फाइ लुन् - फाइ लुन् - फाइ लुन् - फाइलुन्
कमितीमा पनि 10 पटक यसको मैले भने अनुसार उच्चारण गर्नुस है ! शुरू !!