Ramesh Aryal
हल्ला सुन्दै बेहोस भएँ निम्तो पाए मर्छु होला
-
घन्किने छन् पञ्चे बाजा उकालिमा जब तिम्रा
प्राण फाल्न बेशितिर डोरी लीई झर्छु होला
-
सजिएर बस्छौ तिमी मन्डपमा कसैसँग
रङाउदा त्यो शिउदो त म खरानी पर्छु होला
-
उसैसँग हाँसी खुशी बाँचे तिमी संसारमा
म त मरि धर्तिबाट अन्तै बसाई सर्छु होला
-
तिमि र म लियौ भने अर्को जुनी यो धर्तिमा
आउदो जुनी तिम्रो सिउँदो मेरै हातले भर्छु होला
©
मरुभुमीको छाती बाट