gazal


माया प्रेम् तिमी सँग गाँस्नै पर्छ भन्ने छैन
यो धर्तीमा तीम्रै साथ बाँच्नै पर्छ भन्ने छैन
.
कति छन कति छन तिमी भन्दा प्रिए मेरा
तिम्रै फोटो यो छातीमा टाँस्नै पर्छ भन्ने छैन
.
लुसु लुसु घरै आउछौ पधेरिमा धाउछौ कैले
भेट हुँदा जबर्जस्ती हाँस्नै पर्छ भन्ने छैन
.
हिरा मोति हुन्छ कैले गुलाब छ आज हातमा
धनसँग मन साटी नाँच्नै पर्छ भन्ने छैन
.
हुन्न बाबा हुन्न हुन्न जबर्जस्ती हुन्न केही
जानि जानि नजाने झै जाँच्नै पर्छ भन्ने छैन
@ अर्जुनचौपारी
हाल मरुभूमिको छाती बाट