म परेकी तिमी पर्यौ जंन्जिरमा मेरो सामु
सिन्दुर् हाल्ने अर्कै देखे त्यो शिरमा मेरो सामु
.
सयौ जूनी साथ दिन्छु भन्दै साँची राखेकी थ्यौँ
चुपचाप छ देबता नी मन्दिरमा मेरो सामु
.
भाग्य लेख्ने लाममा पो सायद् पछी परे हुँला
र पो पर्यौ कसैको त्यो तक्दिरमा मेरो सामु
.
खुशी जति लुटी लाग्यौ पीडाहरू सम्हाल्दै छू
आँशु बाहेक को नै भयो यो पिरमा मेरो सामु
@
अर्जुन चौपारी
हाल-मरुभूमिको छातिबाट