गज़ल

Ramesh Aryal

जो कोहीको यो समय तगारो छ जिन्दगीमा
मेरो जस्तै तिम्रो पनि चटारो छ जिन्दगीमा
-
सम्पतिकै पछी पछी लाग्नेहरु यौटा कुरा
यो प्राण नै मृतुसँग उधारो छ जिन्दगीमा
-
सेती नदि बन्थ्योँ होला आँशुहरु संगालिए 
बाचुन्जेल हाँसो खुसि न फारो छ जिन्दगीमा 
-
कोहि आउदा अब आशा पलाओस कसरि पो
कि त बर्खा हिउदको तुसारो छ जिन्दगीमा
-
मरुभुमीको छातीबाट
स्याङ्जाली रमेश