गज़ल .

Ramesh Aryal 
प्रवासी भा'छु म भाग्य देखि हारेर पियारी
दैबले ल्यायो समुन्द्र सयौं तारेर पियारी
.
बाध्यता टार्ने धनै हो रैछ सबैको धर्तीमा 
पारेको एक्लै हैन नी माया मारेर पियारी
.
लुकाई ब्यथां धैर्य भै बस्नु आउछु फर्केर
साचेंर हाँसो खुशीले मन बारेर पियारी
.
मिलन बिछोड् यस्तै छ प्रिया धर्तिको चलन
नभने गयो छाडेर एक्लै पारेर पियारी
.
@स्याङजाली रमेश
हाल-मरुभुमीको छाती बाट