नेपाली गजल प्रशिक्षण श्रृंखला-३


प्रिय साथीहरू ! नमस्कार !
आज देखि हामी बहरको विषयमा चर्चा गर्दै सिक्ने प्रयास गर्ने छौं ! यो भन्दा अघिको श्रृंखलामा हामिले रुक्नहरूको विषयमा र रुक्नहरूको वजन अथवा भारको बारेमा जानकारी प्राप्त गरेका थियौं !
प्रिय साथीहरू ! 
यिनै रुक्नहरूको आवृत्तिबाट तथा सम्मिश्रण बाट बहरको निर्माण हुन्छ ! यहाँ म एउटा कुरा अझै जोड्न चाहन्छु कि जसरी मूल रुक्नहरू आठ वटा हुन्छन्, त्यसरी नै सहायक रुक्नहरू पनि हुन्छछन् ! सहायक रुकानहरूको संख्या 13 हुन्छ ! तर आज हामीले मूल रूक्न बाट सुरू गर्ने छौं ! एक्कै चोटि धेरै कुरा गर्नु भन्दा विस्तारै विस्तारै मजबूतीका साथ एक एक बहर को अध्ययन गर्दा राम्रो हुनेछ !
आउनुस ! यसै क्रममा आजको कुरा को सुरूवात गरौं ! आज हामी एउटै रुक्न बाट निर्माण भएको एउटा बहरको विषयमा चर्चा को साथै सिकने प्रयास गर्ने छौं !
यसै क्रममा पहिलो रुक्न हो - "फऊलुन्"........


प्रिय साथीहरू !
ध्यान संग "फऊलुन्" को उच्चारण गर्नुस ! किन भने अब यस पछि को प्रत्येक कुरा तपाईको शुध्द उच्चारण माथि धेरै हदसम्म भर पर्ने छ !
"फऊलुन" मा फ को उच्चारण सामान्य छ ! त्यसपछि आउने "ऊ" को उच्चारण दीर्घ हो ! भन्नाले "ऊ" को उच्चारण गर्दा सामान्य भन्दा डबल जोर दिनुपर्छ ! र अन्तमा आउने "लुन्" पनि दीर्घ नै छ, जसमा "न्" को खुट्टा काटिएको छ ! यसरी हामिले देख्यौं कि -

फ = ह्रस्व अर्थात लघु छ ! यसको वजन 1

ऊ = दीर्घ अर्थात गुरू छ ! यसको वजन 2

लुन् = दीर्घ अर्थात गुरू छ ! यसको वजन पनि 2 बराबरको छ !

ल ! अब हामी "फऊलुन्" को आवृत्ति बाट बहर निर्माण तर्फ लागौं !

by https://www.facebook.com/pages/Shekhar-Astitwa/152688838215343